नायिका निशा अधिकारीको हट अवतार ..(भिडियो सहित)

२०७१ जेष्ठ १८ आईतबार,काठमाण्डौ । पूर्व निर्धारित रिलिज मिति भन्दा दुइ साता पर सरेको फिल्म ‘मुखौटा’को शनिबार सार्बजनिक आईटम गीतमा नायिका निशा अधिकारीले फिचरिङ्ग गरेकी छिन् उक्त गीतमा निशा हट अवतारमा देखिएकी छिन् । आफुलाई ‘पुरुष पत्रकार’ले ‘सेक्स’ सम्बन्धि प्रश्न सोध्न नपाउने भन्ने गरेकी नायिका अधिकारीले फिल्म मुखौटाको ‘एक चुट्कीमा चसक्क हुन्छ मन’बोलको आईटम गीतमा अन्य गितमा भन्दा यसमा खुलेरै आफुलाई प्रस्तुत गरेकी छिन् ।कुशल अभिनेताका रुपमा चिनिएका अर्पण थापाले पहिलो पटक निर्देशन गरेको यो फिल्ममा निशा सहित प्रशान्त ताम्राकार,रोबिन तमाङ ,सुनिल थापा, राजेश हमाल, हर्षिका दयाहाङ राई, सौगात मल्ल र निर्देशक थापा स्वयंले अभिनय गरेका छन् । यो फिल्मलाई रिफ इन्टरटेण्मेन्टको ब्यानरमा रबिन श्रेष्ठले निर्माण गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, , ,

news and entertainment