बिहारमा मुख्यमन्त्री, नेपालमा खुशीयाली



शम्भु यादव, जेष्ठ १२ लहान । नेपालको छिमेकी मुलुक भारतको बिहारमा मुसहर जातिबाट पहिलोपटक मुख्यमन्त्री बन्ने भएपछि सिरहाका मुसहर समुदायहरु खुशियाली मनाएका छन् ।

सवरी संकल्प समाज गोलवजार सिरहाले मुसहर समुदायका पहिलो मुख्यमन्त्री जितनराम मुसहरलाई बधाई तथा शुभकामना कार्यक्रम गर्दै मिठाई, सरवत वितरण गर्दै खुशियाली मनाएका हुन् ।

सिरहा गोलवजारका विभिन्न गाउँका मुसहर जातीय मरर, गोराइत तथा अगुवा कार्यकर्ताको सहभागीमा खुशियाली मनाएका थिए ।

उपेक्षा गरिएको गुनासो

नेपालका अतिविपन्न तथा गरिव मानिएका मुसहर जातिलाई राजनितीक दल र सरकारले उपेक्षा गरिएको मुसहर समुदायका अगुवाहरुले गुनासो गरेका छन् ।


सवरी संकल्प समाज गोलवजारद्वारा आयोजित मुसहर जातिका ‘भारत विहार मुख्यमन्त्री जितनराम माझी मुसहरलाई बधाई तथा शुभकामना’ नामक कार्यक्रममा मुसहर समुदायका अगुवा कार्यकर्ताहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा मुसहर जातीय मरर गोराइत समिति सिरहाका अध्यक्ष रासलाल सदाले पटकपटकको संविधानसभामा पनि कुनै पनि दलले सहभागी गराउन नसक्नुले पनि यो जाती माथी राजनितीक दल र सरकारले उपेक्षा गरिएको बताए ।

कार्यक्रममा वक्ताहरुले मुसहर जातिका वीर सहिदहरुको योगदानलाई पनि कदर गर्न नसकिएको गुनासो गरेका थिए । निर्दल र बहुदलको समयमा सहिद भएका बहादुर सदा, मधेश आन्दोलनमा सहिद भएका प्रमोद सदा र द्वन्द्वकालमा राजनितीक जीवनदान दिएका विकास सदा, मोहन सदा जस्ताको योगदानलाई कदर नगरिएको गुनासो गरे ।

,

news and entertainment