कण्डमलाई पनि लाग्यो आइपिएलको रोग


(एजेन्सी)–हुन त हामीले कण्डमको थुप्रै विज्ञापन हेरिसकेका छौँ तर यो विज्ञापनले धेरैको ध्यानाकर्षण गर्न सफल भएको छ । यो विज्ञापन कण्डमको ‘टी २०’ प्याकको हो ।
हुन त क्रिकेटको सहारामा थुप्रै वस्तुहरुले आफ्नो मार्केटिङ मज्जाले गरिरहेका छन् यहि भीडमा थपिएको छ कण्डम निर्माण कम्पनी ।
आइपीएल टी २० क्रिकेट एउटा यस्तो खेल हो जुन सन् २००८ मा सुरु भएको थियो र यसप्रति मानिसहरुको झुकाव वर्षै पिच्छे बढ्दै गएको छ ।
यहि झुकावलाई नै कण्डम कम्पनीले मानिसहरुको बेडसम्म पुर्याउने कोसिस गरेको देखिन्छ ।
यो कम्पनीले ‘टी २०’ कण्डम प्याक निकालेको छ जुन बजारमा छ्याप्छ्याप्ती पाइन्छ र यो कण्डम यो वर्ष चलिरहेको आइपीएलको सातौँ संस्करणको दौरान बजारमा ल्याइएको थियो ।
अब प्रश्न यो उठ्छ कि कण्डम जस्तो वस्तुलाई बेच्नका लागि आइपीएलजस्तो ब्रान्डको सहयोग लिन जरुरी छ ? उत्तर तपाईंहरुसँगै छ ।


,

news and entertainment