फिल्मी एवार्ड बढ्दो । चलचित्र समिक्षक समाजले ‘क्रिटिक्स एवार्ड’ गर्दै

पछिल्लो समय नेपाली फिल्मी उद्योगमा फिल्मी एवार्ड आयोजना गर्ने क्रम हवात्तै बढेको छ । कतिपय संघ सस्थाले निरन्तरता लागि एवार्ड गरिरहेका छन् भने कति संघ सस्थाले होडबाजी र नाफामुखी तवरमा एवार्ड गरिरहेका छन् । तर यस्ता खाले कार्यक्रम जति धेरै हुन्छ त्यति नै फिल्मीकर्मीका लागि भने खुसिको बिषय हो तर एवार्ड निस्पक्ष हुनुपर्छ भन्ने सबैको ठहर हो । यसै क्रममा हरेक वर्ष आयोजना गर्दै आएको नेपाल चलचित्र समीक्षक समाजले यस वर्ष पनि ‘नेपाल फिल्म क्रिटिक्स एवार्ड आयोजना गर्ने भएको छ । २०७० सालमा रिलिज भएका नेपाली फिल्महरुलाई मूल्यांकन गरी सात विधामा एवार्ड बितरण गरिने भएको हो । राजधानीमा सोमबार बसेको समाजको बैठकले सो निर्णय गरेको हो । बैठकले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन र उत्कृष्ट सम्पादन विधाहरुमा एवार्ड दिने निर्णय गरेको छ । २०७० सालमा रिलिज भएका फिल्ममध्येबाट ‘सर्ट लिस्ट’ तयार गरी एवार्ड गर्ने समाजले जनाएको छ । सर्ट लिस्टका लागि दीपेन्द्र लामाको संयोजनमा पुनम महर्जन र विष्णु शर्मा सदस्य रहने तिन सदसिय समिति गठन गरिएको छ । सर्ट लिस्ट बाट छानिएकाहरुलाई समाजले आगामी असार १ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको छ । फिल्म मूल्यांकन समितिको जुरी संयोजकमा अनुप सुवेदी रहेका छन् । फिल्मी एवार्ड अन्तर्गत ओफा एवार्ड जेष्ठ २६ र चलचित्र नृत्यकार संघले असारमा सिने एवार्ड गर्दैछ 
crictik award

,

news and entertainment