कुर्ता माथि सार्दा आलियालाई लाजमर्दो (फोटो फिचर
१५ जेठ, काठमाडौं ।बलिउड नायिका आलिया भट्टले लज्जास्पद परिस्थितिको सामना गर्नुपरेको छ । आलियाले आफ्नो नयाँ फिल्म 'हम्पटी शर्माकी दुल्नीयाँ' को ट्रेलर लञ्च कार्यक्रममा अभिनेता बरुण धवनसँग उचालिमाग्दा त्यस्तो स्थिति भोग्नुपरेको हो ।
सञ्चारकर्मी र फिल्मकर्मीको भीड रहेको कार्यक्रममा आलियाले वरुणलाई अंगालेकी थिइन् । सोही क्रममा वरुणले आलियालाई उचाले । उचालेर भुईमा छाड्ने क्रममा उनले कुर्ता अलि माथि नै सर्यो, जसले गर्दा उनको शरीरको भित्री वस्त्र देखिएको थियो ।

