दिलशोभा प्रकरणमा के के मुद्दा पुस्टि भए के के भएनन् ?
६ जेठ, काठमाडौं । आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि परेको उजुरी अनुसन्धानमा 'यौन दुराचार' सम्बन्धी आरोप पुष्टी हुन नसकेको प्रहरीले जनाएको छ।
दिलशोभाको टेलिफोन रकेर्ड भनी उजुरीका साथ संलग्न एकतर्फी यौन सम्बाद यौन दुराचारसँग सम्बन्धित नदेखिएको भन्दै प्रहरीले त्यही आधारमा उजुरीमा रहेको उक्त आरोप पुष्टि नहुने निर्ष्कष निकालेको छ।
दिलशोभाको टेलिफोन रकेर्ड भनी उजुरीका साथ संलग्न एकतर्फी यौन सम्बाद यौन दुराचारसँग सम्बन्धित नदेखिएको भन्दै प्रहरीले त्यही आधारमा उजुरीमा रहेको उक्त आरोप पुष्टि नहुने निर्ष्कष निकालेको छ।
उजुरीमा उल्लेखित अवैध बालगृह चलाएको, बालगृह तथा आमाघरका नाममा आएका सहयोग बेचबिखन गरेको र बालगृहका बालवालिकालाई बाहिर पठाउने लगायत अन्य आरोप भने प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।
श्रेष्ठद्वारा संचालित आमाघरबारे जिल्ला प्रशासन कार्यलयमा परेको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले दुई महिना अनुसन्धान गरी प्रतिवेदन पारेको समाचार नागरिक दैनिकमा छापिएको छ।
प्रतिवेदनमा भनिएको छ ,'उजुरीको बुँदा नम्बर १६ मा उल्लेख भए बमोजिम बालबालिकाको बयान, आमाघरमा विगतमा अन्यन्त्र गई बसेका व्यक्तिको बयान र उजुरीका साथ संलग्न अडियो क्लिपको संवादका आधारमा दिलशोभा श्रेष्ठ र राधिका मानन्धरबीच उक्त वार्ता भएको देखिएकाले आमाघरमा त्यस्तो कुनै क्रियाकलाप नभएको पुष्टि हुन्छ।'
नागरिकले माग्यो माफी
नागरिक दैनिकले प्रथम पृष्ठमै माफीका केही शव्दहरु खर्चेको छ । नागरिक दैनिक लेख्छ । यस दैनिकले वर्ष ५ अंक ३०१ मा समाजसेवी दिलशोभा श्रेष्ठमाथि परेको उजुरी र त्यसमा लगाइएको आरोपसम्बन्धी समाचार बिनापूर्वाग्रह प्रकाशित गरेको थियो ।
त्यसमा उनीमाथि नागरिक आफैले कुनै आरोप नलगाएको भए पनि थुप्रै पाठक, शुभचिन्तक र समीक्षकबाट उक्त समाचारको शीर्षक मर्यादित नभएको र समाजसेवामा समर्पित एक महिलामाथि अन्य निकायले लगाएको आरोपलाई प्रथम पृष्ठमा त्यत्रो महत्वसाथ प्रकाशित गरिनु गैरजिम्मेवारीपूर्ण देखिएको प्रतिक्रिया आशय प्रकट गरिए ।
नागरिकमा प्रकाशित समाचारबाट उनको मर्यादामा पर्न गएको चोटको लागि हामी जिम्मेवारी महसुस गछौं र यसका लागि क्षमाप्रार्थी छौं ।
१४ फाल्गुन २०७० मा प्रथम पृष्ठमा छापेको समाचार
