अन्तरिक्षमा यसरी फहरायो हाम्रो झण्डा, गुञ्जियो 'सयौँ थुङ्गा फूलका हामी...

बैशाख १७ गते बुधबारको दिन पृथ्वीबाट ७० हजार फिटमाथि अन्तरिक्षमा नेपालको राष्ट्रिय गान ‘सयौँ थुङ्गा फूलका हामी…’ बज्यो। नेपालको राष्ट्रिय झण्डा चन्द्रसूर्य त्योभन्दा माथि ८० हजार फिटसम्म पुग्यो। बानेश्वर घर भएका २१ वर्षीय क्षितिजराज लोहनीको प्रयासले यो संभव भएको हो। हेलियम बेलुनमा राखेर उडाइएको थियो झण्डा र राष्ट्रिय गान बजाउने स्पिकर। बेलुनमा राखिएका क्यामेराहरुले भिडियो र फोटोहरु खिचेका छन्। नेपालको राष्ट्रिय झण्डासहित अन्तरिक्षको दृश्य फोटो र भिडियोमा हेर्दा अलि बेग्लै किसिमको रमाइलो अनुभूति हुने रहेछ। यी फोटो बेलुनको क्यामेरा नम्बर ३ बाट ७२ हजार फिटभन्दा माथिबाट खिचिएका हुन्।
हेरौँ उनले उडाएको बेलुनले खिचेका केही फोटो र भिडियो। क्षितिज अहिले अमेरिकाको बोस्टनमा छन्। नर्थ इस्टर्न युनिभर्सिटीमा फूल स्कलरसिपमा कम्प्युटर इञ्जिनियरिङ पढ्दैछन्। देशका लागि केही गर्नुपर्छ भन्ने लागेर यो काम गरेको उनले बताए। ‘म टेलिभिजनहरुमा अरु देशका झण्डा, राष्ट्रिय गान चन्द्रमामा, अन्तरिक्ष यानमा बजेको देख्थेँ, मलाई मेरो देशको झण्डा पनि त्यहाँ देख्न मन लाग्थ्यो’, उनले भने, ‘तर म एक्लैको प्रयासले यो संभव हुँदैन थियो। मैले सोचेँ, किन अहिले नै चन्द्रमासम्म पुग्ने त? मेरो देशको झण्डा अहिलेसम्म जेट विमान उड्ने ३५ हजार फिटसम्म पुगेको होला। ३५ बाट ३६ हजार पुर्‍याउन सके पनि

माइलस्टोनै हुन्छ नि भन्ने सोचेँ।’ तर उनले अमेरिकाको Fishers, Indianapolis बाट उडाएको बेलुन ३६ हजारमात्रै हैन, ८० हजार फिटमाथिसम्म पुग्न सक्यो। ८० हजार फिटमाथि पुगेर बेलुन पड्कियो। तर उनको टिमले गरेको गणना अनुसार बेलुनमा रहेको क्यामेरासहितका सामाग्री सोचेकै ठाउँमा खस्यो। क्यामेरामा हेरियो। गजब ! फोटो र भिडियो योजना अनुसार नै रेकर्ड भएका रहेछन्। पृथ्वीको सतहभन्दा धेरै फिटमाथिका दृश्य अनि त्यसमा हाम्रो चन्द्रसूर्य पनि- गजब लाग्छ हेर्दा। एक मिनेट ५८ सेकेन्डको यो बेलुन यात्रामा बेलुनले ८० माइलको यात्रा गरेको थियो। तपाईँहरुले नेपालको झण्डामुनि सेतो-सेतो वस्तु याद गर्नुभयो ? त्यो उनले तारा बनाएका रहेछन्। आकाशको तारा झार्ने गफलाई घुमाउरो पाराबाट भए पनि सफल बनाउने ध्येयले। आकाशमा पुगेको तारा उनको हातमा त पुग्यो नि, भलै त्यो आफैले बनाएर धर्तीबाटै उडाएको तारा किन नहोस्। भिडियोमा उनले यसबारे बताएका छन्। तपाईँहरुले नेपालको झण्डामुनि सेतो-सेतो वस्तु याद गर्नुभयो ? त्यो उनले तारा बनाएका रहेछन्। आकाशको तारा झार्ने गफलाई घुमाउरो पाराबाट भए पनि सफल बनाउने ध्येयले। आकाशमा पुगेको तारा उनको हातमा त पुग्यो नि, भलै त्यो आफैले बनाएर धर्तीबाटै उडाएको तारा किन नहोस्। भिडियोमा उनले यसबारे बताएका छन्।

, ,

news and entertainment