अंगुर खानुस्, ९ फाइदा लिनुस् हेर्नुस के के हुन् ति फाइदा हरु !!
अंगुर खानुस्, ९ फाइदा लिनुस् हेर्नुस के के
हुन् ति फाइदा हरु
अंगुरको सिजन सुरु भएको छ । अंगुरको नियमित
सेवनका अनेक फाइदा छन् । यसले
तपाईको सुन्दरतासँगै स्वास्थ्यमा समेत
राम्रो गर्छ । अंगुरमा भिटामिन, पोटाशियम,
आइरनसहितका पौष्टिक तत्व पाइन्छ । आज
हामी तपाईहरुलाई अंगुर खाँदा हुने
नौं फाइदाबारे जानकारी दिादैछौं ।
१) अंगुरमा रेसवेराट्रोल तत्व प्रचूर
मात्रामा हुन्छ जुन अल्जाइमर्स
रोगमा लाभदायी हुन्छ
२) अंगुरको सेवनले कोलेस्ट्रोल र यूरिक एसिड
नियन्त्रणमा पनि सहयोग पुग्छ । अंगुर
भिटामिन, पोटासियम, क्याल्सियम,
आइरनजस्ता पौष्टिकताले भरिएको हुन्छ ।
यसको नियमित सेवनबाट छालाको सौन्दर्य,
रुघाखोकी आदिमा छुटकारा पाउन सकिन्छ ।
३) अंगुरमा पोलिफेनोलिक फाइटोकेमिकल
कम्पाउण्डले क्यान्सर, कोरोनरी डिजिज,
अल्जाइमर्स, फंगल इन्फेक्सन आदिमा पर्याप्त
फाइदा दिन्छ ।
४) रक्तस्रावको समस्यामा एक गिलास
अंगुरको जुसमा दुई चम्चा मह घोलेर खाने
हो भने नियन्त्रणमा आउँछ ।
५) अंगुरमा ग्लुकोज पर्याप्त हुन्छ । यसले
शरिरमा स्फूर्ति जगाउने, पाचन संयन्त्र
बलियो बनाउने, आँखा,कपाल र
छालाको सौन्दर्यमा पनि सहयोग गर्दछ ।
-६) हृदयघातबाट जोगिन एक
चम्चा कालो अंगुरको जुस र एसपिरिन
औषधि घोलेर खाएमा फाइदा पुग्छ ।
कालो अंगुरमा हुने फलोवोनाइड्स र एसपिरिनले
रगत जम्न दिँदैन ।
७) घाउ, खटिरा निको पार्न पनि अंगुर
सहयोगी हुन्छ । अंगुृरको रसले मुख धुने
गरेमा डण्डिफोरजस्ता समस्या हल हुन्छ ।
८) एसिडिटी र बान्ता आउने समस्यामा नुन र
मरिच घोलेर अंगुर जुस खाएमा फाइदा पुग्छ ।
९) पेटको गर्मी शान्त पार्न राति २०
दाना अंगुर पानीमा भिजाउने र बिहान
त्यसको रसमा सखर मिसाएर
खाएमा आराम हुन्छ । तर पेट
खाली भएको अवस्था चाहिन्छ । साथै,
भोजनपछि अंगुरको जुस खाने गर्नाले रगत
बढाउन सहयोग हुन्छ । पेटको वायु
नियन्त्रणमा पनि सहयोग पुग्छ ।
