बिहेपछि ‘बागमती’ लिएर आउँदै राजेश हमाल


अभिनेता राजेश हमालले बिहेपछि पहिलोपटक नयाँ फिल्म साइन गरेका छन। सिनेमालाई नवनिर्देशक अनिश नापितले निर्देशन गर्नेछन्। नापित सिनेमाका निर्माता समेत हुन।
 
यद्पी राजेशको भूमिका के कस्तो हो भन्ने बारेमा केही  खुलाइएको छैन । हमाल ‘बाग्मती’ मा फरक भूमिकामा प्रस्तुत हुनेछन् ।एक समय जस्तो पायो त्यस्तै फिल्ममा अभिनय गरेको भन्ने आरोप खेपेका राजेशले पछिल्लो समय भने आफ्नो भूमिकालाई विशेष ध्यान दिन थालेका छन् ।
 
यही भदौको २५ गते देखि फ्लोरमा जाने ‘बागमती’ मा राजेशका अलावा अभिनेता शिव श्रेष्ठ सँगै दयाहाङ राई, केकी अधिकारी, बाल कलाकार कञ्चन ठकुरीको पनि अभिनय रहनेछ। फिल्मको सुटिङ काठमाडौ र किर्तिपूरमा गरिनेछ ।

, ,

news and entertainment