काठमाडौं , जेष्ठ १४ - नेपालीमा अन्तरजातीय जोडीका प्रेममा कैयन् फिल्म बने, चले । यति बेला भने अन्तरदेशीय प्रेममा आधारित 'स्टुपिड मन' ले नयाँ स्वाद दिने आशा गरिएको छ । भदौ २० मा देशभर लाग्ने उक्त फिल्म दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।
फिल्मका पोस्टर र ट्रेलर सार्वजनिक गरिएको कार्यक्रममा बोल्दै निर्देशक दिवाकरले भने, 'कामको खोजीमा थाइल्यान्ड पुगेको एक नेपाली युवकको त्यहींकी बर्मेली युवतीसँग माया बसेपछि फिल्मले नयाँ मोड लिँदै जान्छ ।' जीवन लुइँटेल, नीरज बरालको अभिनय रहेको यसै फिल्मबाट चाँदनी शर्मा र रिजु श्रेष्ठले डेब्यु गरेका छन् ।
लक्ष्य र सपना बिर्सिएर प्रेमको पछि लाग्ने केही चरित्रको कथा भन्ने फिल्मले प्रेमका मामिलामा मान्छे कतिसम्म 'स्टुपिड' बन्छ भन्ने देखाउन खोजिएको छ । सामीप्य तिमल्सेनाले लेखेको फिल्ममा अर्जुन पोखरेल र करणराज कार्कीको संयुक्त संगीत छ । नीरजले विवेक शाहीसँग मिलेर बनाएको फिल्मको सबै छायांकन थाइल्यान्डको फुकेटमा गरिएको हो । यसलाई सञ्जय लामाले खिचेका हुन् ।
बर्मेली-नेपाली प्रेमजोडी
news and entertainment