बढार्नु पर्ने कसिङ्गर हावाले उडाए झैँ भएर खुशियाली मनाए खरेल बिरोधीहरुले ..
जनताको आँखामा एसएसपी खरेल, सत्यनिष्ठा र प्रहरी भित्रको भ्रष्टचार विरुद्ध लड्ने एक इमान्दार सिपाही हुन् ।
अपराधलाई राजनीतिसँग जोडेर सजायबाट उन्मुक्ति दिने नेपालको फोहोरी राजनीतिक प्रवृत्तिको चुनौति बन्ने थोरै वर्दिधारीमा पर्छन्, एसएपी खरेल ।
अपराधलाई राजनीतिसँग जोडेर सजायबाट उन्मुक्ति दिने नेपालको फोहोरी राजनीतिक प्रवृत्तिको चुनौति बन्ने थोरै वर्दिधारीमा पर्छन्, एसएपी खरेल ।
तर उनका व्याजी र विरोधी प्रहरीका हाकिमहरु खरेलको देखाउने र चपाउने दाँत बेग्ला बेग्लै भएको कमेन्ट गर्छन् । कानुनलाई हातमा लिन खोज्ने उपर कठोर देखिने खरेलले आफु पनि त्यही कानुनको पालक मात्र हो भन्ने चाँही भुलेका छन् ।
आफु सिसाको महलमा बसेको विर्सिएर अरुलाई ढुङ्गा बर्साउने खरेल प्रवृत्तिको आलोचना गर्नेहरु सँगठनबाटै खरेललाई पत्तासाप बनाउने षड्यन्त्र रच्दै छन् ।
जब एसएसपी रमेश खरेललाई हनुमानढोकाबाट प्रहरी मुख्यालय तानिएको हल्ला सार्वजनिक भयो, दरबारमार्ग र ठमेलमा भव्य पार्टीहरुको आयोजना गरिएको थियो । गुण्डा नाइकेहरु, तस्कर, माफियाहरुले पार्टीको स्पोन्सर गरे ।
एसएसपी खरेल काठमाडांैबाट निकालिएको खवर उनिहरुका लागि बिजयउत्सव जस्तै बनेको थियो ।
आफ्नै अमर्यादित अभिव्यक्तिले आलोचित र कारवाहीको दायरामा आएका एसएपी खरेल, बढार्नु पर्ने कसिङ्गर हावाले उडाए झैँ भएको थियो उनका विरोधी प्रहरीका हाकिमहरुका लागि पनि ।
पैसाको व्रिफकेश बोकेर एआईजीको फुली किन्न राजनीतिक हाट बजारमा निस्किएका डिआईजी विरुद्ध एसएसपी खरेलले धावा बोलेका थिए । जे देखे त्यही बोले उनले के गल्ती गरे ?
हो उनले त्यही तितो सत्य ओकले जुन प्रहरीको पेटभित्र दुगन्ध बनेर जमिरहेको थियो । तर, उनले जे बोले त्यो गलत रुपमा, गलत प्रक्रियामा र गलत स्थानमा बोले । जसको भागिदार एसएसपी खरेल बन्नै पर्छ । किनकी उनिपनि कुनै कानुन भन्दा माथि रहने श्रीपेचधारी अधिकारी हुँदै होइनन् ।