सातौं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

राजकुमार सिग्देल काठमाडौं, जेठ १५–आज सातौं गणतन्त्र दिवस । आजैको दिन अर्थात २०६५ साल जेठ १५ गते २ सय ४० वर्ष लामो राजसंस्थालाई अन्य गर्दै गणतन्त्रको स्थानपना भएको थियो । दिवसको अवसरमा सरकार तथा विभिन्न संघसंस्थाले देशभर विभिन्न कार्यक्रममको आयोजना गर्दैछन् । नेपाली सेनाले सैनिक मञ्च टुँडीखेलमा विषेश कार्यक्रम गर्दैछ । राष्ट्रपति रामबरण यादवले मुलुकमा गणतन्त्र र लोकतान्त्रिक शासन पद्धति स्थापना गर्ने क्रममा विभिन्न कालखण्डमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर सहिदप्रति हार्दिक सम्मान र श्रद्धा अर्पण गर्दै दिवसको शुभकामना दिएका छन् । यादवले राजनीतिक दलहरूले कबुल गरेको समयावधि भित्रै नयाँ संविधान निर्माण गर्नुको विकल्प नभएकोमा जोड दिएका छन् । संविधानको आधारशीलामा नै भविष्यको समृद्ध नेपालको जग ठडिने भएकाले नयाँ संविधान सबै दृष्टिबाट सन्तुलित, लोकतान्त्रिक र समावेशी हुनु अपरिहार्य रहेको उल्लेख गर्दै नयाँ संविधानको प्रमुख उद्देश्य राष्ट्रिय एकता र अखण्डता तथा सामाजिक सद्भाव र सामञ्जस्यताको सुदृढीकरण हुनुपर्ने कुरामा अवश्य पनि विमति हुनेछैन उनले भनेका छन् । यसैगरी उपराष्ट्रपति परमानन्द झाले पनि गणतन्त्र दिवसको अवसरमा normal_janaandolanशुभकामना सन्देश दिँदै सार्वभौम नेपाली जनताले आफ्नो नागरिक हक अधिकारका लागि वर्षौंदेखि अनवरतरूपमा गरेका सङ्घर्षहरूको परिणामस्वरूप स्थापित गणतन्त्र र लोकतान्त्रिक परिपाटीलाई संस्थागतरूपमा अझै मजबुत पार्नुपर्ने आजको टड्कारो आवश्यकता र अपरिहार्यता रहेको बताएका छन् । यसैगरी प्रधानमन्त्री सुशील कोइरालाले गणतन्त्र दिवस २०७१ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । अघिल्लो संविधानसभाले सम्पन्न गरेको कामको स्वामित्व ग्रहण गर्ने, संविधानसभा र व्यवस्थापिका संसदको नियमावली पारित गर्ने, संविधान निर्माणको समयतालिका निर्माण गर्ने, संविधानसभाका समितिहरूको सभापतिमा निर्विरोध निर्वाचन गर्ने, शान्ति प्रकृयाको अभिन्न र जटिल अङ्ग मानिएको बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन ऐन ल्याउने जस्ता कार्यमा यस अवधिमा आशातित सफलता हासिल भएको स्मरण गराउँदै उनले निर्धारित मितिमा संविधान बन्ने र त्यसपछि देशमा आर्थिक समृढि हुने उनले बताए । सङ्घीयता, गणतन्त्र, धार्मिक स्वतन्त्रता, मानवअधिकार, सामाजिक न्याय, समावेशिता, सहभागितामूलक शासन प्रणाली लगायतका लोकतान्त्रिक मूल्य मान्यतालाई व्यवहारमा उतार्दै सुन्दर, समुन्नत, समृद्ध र शान्तिपूर्ण मुलुक बनाउन तोकिएको समयमा संविधान निर्माणमा अनुकूल वातावरण सिर्जना गर्न सबै राजनीतिक दलका साथै समस्त नेपाली नागरिकहरूबाट आवश्यक सहयोग हुने अपेक्षा गरेको पनि पनि उनले गरेका छन् । यस्तै दिवसकै अवसरमा विभिन्न दलका नेता, अन्तरिम चुनावी मन्त्रीपरिषदका पूर्व अध्यक्ष्ँ दिलराज रेग्मी, तथा विदेशी मुलुकमा राष्ट्रप्रमुखहरुले समेत गणतन्त्र दिवसको शुभकामना दिएका छन्

,

news and entertainment