बबि देओललाई गार्डको झापड (भिडीयो सहित )

एजेन्सी

हातमा फिल्म नभएपछि ओझेलमा परेका बलिउड अभिनेता बबि देओल फेरी एकपटक चर्चामा आएका छन् । उनको यो चर्चा नामी होइन, बदनामी हो ।

बबि कुनै हिट फिल्म दिएर या अवार्ड जितेर नामी भएका होइनन् । गार्डको हातबाट गोदाई खाएकाले एकाएक चर्चामा आएका हुन् ।

पछिल्लो समय फिल्मविहनी भएकाले घरमै समय बिताउँदै आएका बबि केही दिनअघि निर्देशक करण जौहरको बर्थ डे पार्टी मनाउन बारमा पुगेका थिए । पार्टीमा उनी मदिरा सेवन गरेर निकै मातेका थिए ।

उनले गार्डलाई आफ्ना लागि दारु ल्याउन अर्डर गरे । गार्डले बार बन्द भइसकेकाले सम्भव नभएको बताए । तर, बबिले नमानेर जिद्दी गरिरहे । निकै मातेका बबिको चाला देखेर ती गार्डले उनको गालामा कसेर बजारे । त्यसपछि बबिको दारुको नसा उत्रिहाल्यो, अनि के गरुन् त ? चुपचाप पार्टीबाट बाहिरिए ।  भिडियो हेर्न तल क्लिक गर्नुहोस्

,

news and entertainment