तत्कालिन राजा ज्ञानेन्द्रले माघ १९ गते सत्ता कब्जा गरेका थिए । हामीलाई राजा महेन्द्रले २०१७ सालमा गरेको ‘कु’ जस्तै लाग्यो । ज्ञानेन्द्र पिता महेन्द्रकै बाटोमा फर्कीए, त्यसकारण यसलाई रोक्नुपर्छ भन्ने निश्कर्षमा हाम्रो पार्टी पुग्यो । काँग्रेस पार्टीमा त्यसपछि नै गणतन्त्रको बहस पनि सुरु भयो । २००७ सालदेखि चार–चारजना राजाले देशमा राज गरे, शासन चलाए । उनीहरु सवैधानिक राजतन्त्रमा पनि आए । काँग्रेसले त्यसमा समर्थन जनाउँदै गयो, तर माघ १९ पछि काँग्रेसको सहनशीलता र धैर्यको सीमा तोडियो । सधै सवैधानिक राजतन्त्रलाई टिकाई राख्यो भने लोकतन्त्र कहिले आउँदैन भन्नेबारेमा हाम्रो पार्टीमा निकै ठुलो बहस भयो । अन्ततः हामी राजतन्त्र फाल्ने निधोमा पुग्यौं । त्यसबेला काँग्रेसको ६० वर्षको इतिहासले के अनुभव ग¥यो भने नेपालको लागि सवैधानिक राजतन्त्र उपयुक्त छैन । एमाओवादी बन्दुक लिएर लडेको पार्टी । उसले त पक्कै पनि निरकुँश राजतन्त्र नचाहेका होला । त्यही निरकुँश राजतन्त्र फाल्न र लोकतन्त्र ल्याउन यत्रो युद्ध लडे । युद्ध छाडेर शान्ति प्रकृयामा आउनलाई गरेको १२ बुँदे सम्झौता खासमा संसदवादी र माओवादीविचको राजनीतिक एकता थियो । त्यही बाह« बुँदे समझदारीको जगमै हामीले आन्दोलनको माध्यमबाट राजतन्त्र फाल्ने म्यान्डेट पायौं र राजतन्त्र फाल्यौं । इतिहासमा विभिन्न समयमा निरकुँश राजतन्त्रको विरुद्धमा आन्दोलन भएकै हो । पंचालयतलाई हटाएर बहुदल ल्याएकै हो । त्यो सम्झौतामा गएर टुंगीन्थ्यो । आन्दोलनको सेन्टीमेन्टमा भएका सम्झौता टिकाउ हुँदैथे र पछि पुनः राजा सक्रिय हुन्थे । पंचायत फर्काउँथे । यसपाली राजतन्त्र सधैका लागि निर्मुल पार्नका सशस्त्र युद्धमा लागेका एमाओवादीसँग १२ बुँदै सम्झौता गरीएको हो । र उनीहरु शान्ति प्रकृयामा आए । निरकुँश राजतन्त्रलाई जडैदेखि उखालेर फालीयो । राजा ज्ञानेन्द्रले ‘कु’ गरेको बेला सबै दल आआफ्नो बाटोमा थिए । आआफ्नो मिसनमा थिए । माओवादी जनयुद्धमा थियो भने नेपाली काँग्रेस पनि एक प्रकारको शान्तिपूर्ण सघर्षमा थियो । एक्ला एक्लैले लडेर केही नहुने निष्कर्ष निकाल्दै राजाको त्यो शासनसँग लड्न नै हामीले १२ बुँदे सम्झौता गरेका थियौं । त्यो १२ बुँदे सम्झौता गराउन भारतको सद्भाव छ । राजाले जुन अवस्थामा जस्तो कदम चाले त्यसबाट भारत सन्तुष्ट रहेको मैले पाइन । छिमेकी देशमा हुने घटनाले अन्य छिमेकी देशलाई प्रभाव पर्छ नि त ? राजा ज्ञानेन्द्रले चालेको कदमले भारतमा तरंग ल्याएको थियो । तर त्यो तरगं राजाको पक्षमा थिएन । त्यसका लागि हामीले भारत, अमेरिका युरोपलगायतको समर्थन जुटाउनै पथ्र्यो । एउटा मुलुकमा भएको घटनालाई साम्य पार्न विश्वको समर्थन चाहिन्छ र हामीलाई सबैको समर्थन थियो । अब रह्यो गणतन्त्रको कुरा, एमाओवादीले भनेपछि मात्र गिरीजाबाबु गणतन्त्र ल्याउन तयार भएको पनि आरोप लागिरेहको छ । तर त्यसो होइन । गिरीजाबाबुलाई बुझ्न नसकेका र उहाँको अनुभवलाई नबुझ्ने मानिसले त्यस्तो आरोप लगाएको हुनुपर्छ । गणतन्त्रसम्म आइपुग्दा गिरीजाप्रसाद कोइरालाको आफ्नै अनुभव छ । गिरीजाप्रसाद कोाराला कसैले भनेर गणतन्त्रमा जान राजी हुनुभएको हैन । गिरीजाप्रसाद कोइराला गणतन्त्र ल्याउन आफै तयार हुनुहुन्थ्यो । पुर्नस्थापीत संसदमा प्रधानमन्त्रीको रुपमा गिरीराप्रसाद कोइरालाले बोल्दा ‘राजा ज्ञानेन्द्र तिमी जहाँ जान चाहन्छौ जाउ तर गद्दी त्याग गर’ भन्नु भएको थियो । देशभरिको कार्यालयमा राजा रानीको फोटो हुन्थ्यो ती सबै हामीले हटाउन लगायौ । राजाको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ भनि निर्णय गरियो । गिरीजाबाबु प्रधानमन्त्री हुँदा म आफै गृहमन्त्री थिएँ । र, मलाई गृहमन्त्री बनाउनमा गिरीजाबाबुको ठुलो भूमिका थियो । गणतन्त्र जोगाउन र बलियो बनाउन गृहमन्त्रीको धेरै ठुलो हात हुन्छ र त्यसले गर्दा उहाँले मलाई गृहमन्त्री बनाउनु भएको थियो । गिरीजाबाबुले गणतन्त्र ल्याउन जति प्रयास गर्नुभयो, त्यति नै प्रयास प्रचण्ड र डा.बाबुराम भट्टराईले पनि गर्नुभएको हो । यसमा ढाँट्न वा छल्ने कुनै ठाउँ छैन । सबैले मिलेर ल्याएको हो र त्यसैको परिणाम स्वरुप १२ बुँदै सम्झौता भएको हो । गणतन्त्र घोषणा भएपछि ज्ञानेन्द्र
शाहसँग १५ मिनेट कुरा भएको थियो । ज्ञानेन्द्रले नारायणहिटी राजदरवार छोड्न आनाकानी गरिरहनु भएको थियो । यसको निकै आलोचना भयो । मिडियाले पनि यो कुरालाई निकै उचाल्यो । त्यसपछि प्रधानमन्त्रीको निर्देशनमा मैले ज्ञानेन्द्रलाई भेटेको हुँ । जान त समूहमै गएको थिएँ तर ज्ञानेन्द्रले मसँग एक्लै भेट्न खोज्नु भएको थियो । एक्लै भेटे पनि । आजको दिनमा त्यहाँ भएको कुरा कोट्याउन त्यतिको मनासीव म ठान्दिन तर एउटा कुरा भन्नै पर्छ, ज्ञानेन्द्र शाह शान्तिपूर्ण तरिकाले नारायणहिटीसँगै राजतन्त्र छाड्न तयार हुनुभयो । राजतन्त्र ढलेर गणतन्त्र आउँदा राजा ज्ञानेन्द्रले सहज स्विकार गर्नुभयो । त्यो नै ठुलो कुरा हो । अहिले पनि उहाँलाई थुप्रै मान्छेले उचालिरहेका छन् । यदि कसैको उक्साहट उहाँ उचालिनु भयो भने आफै थचारिनु हुन्छ । शान्त ढंगले बस्नु भयो भने एउटा समान्य नागरिकको जस्तो जिवन जिउन पाउनु हुन्छ नेपाली समाजमा । राजनीतिक स्थायीत्व प्राप्त नभएसम्म जनताको प्रगती र समृद्धिको चाहनालाई साकार पार्न सकिदैन । मुल कुरा हो राजनीतिक स्थायीत्व । नयाँ सविधान नआईकन राजनीतिक स्थायीत्व हुँदैन । अहिले पनि देशमा संक्रमणकाल छ, र यो अस्थायी अवस्था हो, जहाँ दीर्घकालिन नीतिहरु आउन सम्भव हुँदैन । त्यसले गर्दा दुनियाँले पत्याउँदैन, हाम्रो छिमेकी देशले पत्याउँदैन । हामी राजनीतिक दलको सबभन्दा असफलता पहिलो सविधानसभाबाट सविधान नल्याउनु हो । हामीले सानोतिनो परिवर्तन गरेका छैनौ । संघीय लोकतान्त्रिक मुलुक भएको छ । यो सानो परिवर्तन होइन । जहाँ जुन राज्यमा मान्छेले बोल्न पाउँदैथे, अहिले खुलेर बोल्न पाएका छन् । कहि जान पाउँदैथे आज सबैतिर जान पाएका छन् । तर, यत्रो ठुलो परिवर्तनलाई हामीले संस्थागत गर्न सकेका छैनौ । त्यो त हाम्रो असफलता हो । (गणतन्त्र विशेषका लागि कुराकानीमा आधारित) -
गिरिजाबाबु कसैले उचालेर गणतन्त्रबादी बन्नुभएको हैनः कृष्णप्रसाद सिटौला
news and entertainment
