संगै सुतेकी युवतीले ८ लाख लुटिन

१२ जेठ, काठमाडौं ।

प्रेमिकाका रुपमा नजिकिएकी एक युवतीले आठ लाख रुपैयाँ लुटेकी छिन्। जुसमा नसालु पदार्थ मिसाई बेहोस बनाएर निरु शेर्पाले दार्चुलाका प्रेमसिंह बुढाथोकीको आठ लाख रुपैयाँ लिएर भागेकी हुन्।

बुढाथोकी र शेर्पा यही ७ जेठमा सुन्धाराको सेती महाकाली गेस्ट हाउसको १११ नम्बर कोठामा बसेका थिए। शेर्पाले क्यान जुसमा विषादी मिसाएर बुढाथोकीलाई बेहोस बनाई उनीसँग रहेको आठ लाख रुपैयाँ लिएर भागेकी हुन्।


४८ वर्षीय बुढाथोकी खलंगास्थित एक विद्यालयका प्रधानाध्यापक पनि हुन्। उनी यार्सागुम्बा कारोवारमा समेत संलग्न छन्। घटना भएका् तीन दिन पछि प्रहरीले शेर्पालाई पक्राउ गरेको छ। उनको डेराबाट प्रसा समेत बरामद भएको डिएसपी ओम अधिकारीले जानकारी दिए।

सोलुखुम्बु टाक्सिन्दुकी निरू शेर्पाले दार्चुला खलंगा घर भई राजधानी आएका प्रेमसिंह बुढाथोकीलाई नसालु पदार्थ खुवाएर उनको आठ लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी अपराध महाशाखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी विजयलाल कायस्थले बुढाथोकीको लुटिएको रकममध्ये ६ लाख २० हजार शेर्पाकै जोरपाटी अत्तरखेलस्थित डोराबाट बरामद भएको बताए।

यही जेठ ७ गते राति बुढाथोकीलाई उनकै बहिनीले उक्त गेस्ट हाउसमा यार्सा बिक्री गरेको रकममध्ये आठ लाख रुपैयाँ दिएकी थिइन्। बुढाथोकीले बहिनीले दिएको पैसा झोलामा राखेका थिए।

यसबारे जानकार शेर्पाले जुसमा नसालु पदार्थ मिसाएर बुढाथोकीलाई खान दिएकी थिइन्। बेहोस बनेका बुढाथोकीको पैसा लिएर उनी भागेकी थिइन्। नयाँ पत्रिका दैनिकमा खबर छ

,

news and entertainment