हिरोइनको गाउनभित्र पत्रकार घुसे....

जेठ ४ एजेन्सी/ फ्रान्समा आयोजित क्यान्स फिल्म फेस्टिभलमा हरेकचोटि कुनै न कुनै रमाइला घटना भइरहन्छन् । यसपटक पनि त्यस्तै भएको छ । रेड कार्पेटमा हिँडिरहेकी एक हिरोइनको गाउनभित्र एक व्यक्ति छिरेपछि ठूलै हंगामा सिर्जना भयो ।
‘हाउ टु ट्रेन योर ड्रयागन–२’ की अभिनेत्री अमेरिका फरेरालाई यस्तो आपत् आइलागेको हो । जतिवेला उनी रेड कार्पेटमा आफ्नो फिल्मको टिमका साथ पोज दिइरहेकी थिइन्, अचानक झसंग भइन् । एक पत्रकार उनको गाउनभित्रबाट घुँडामुनि घुस्रिन खोजिरहेका थिए ।
ती पत्रकार सुरुमा फरेराको फोटो खिच्दै थिए । अचानक के भयो कुन्नि, चार हातखुट्टा टेक्दै फरेरा नजिक आएर उनको दुई खुट्टाबीचमा टाउको छिराए । नसोचेको घटनाले गर्दा नायिका अत्तालिइन् । तत्कालै त्यहाँ उपस्थित सुरक्षाकर्मीले पत्रकारलाई नियन्त्रणमा लिएर समारोहबाटै बाहिर लखेटिदिए ।
युक्रेनबाट आएका ती पत्रकारले यसअघि पनि यस्तो हर्कत गर्दै आएको बुझिएको छ । उनले केही समयअघि ग्रेमी अवार्डस्का क्रममा पनि अमेरिकी अभिनेता बिल स्मिथलाई किस खान खोजेका थिए । स्मिथले उनलाई जोडदार थप्पड हानेका थिए

, ,

news and entertainment