विजयादशमीको दिन नेवार समुदायले मनाए खड्गजात्रा पर्व


नेवार समुदायले विजयादशमीको दिन शुक्रबार खड्गजात्रा ‘पाया’ पर्व मनाएका छन् । काठमाडौं उपत्यकालगायत नेवार समुदायको बसोबास रहेका अरु जिल्लाका शक्तिपीठहरुबाट खड्गधारण गरी खड्गजात्रा निकाल्ने गरिन्छ ।

तान्त्रिक विधिबाट खड्गको पूजाआजा गरी परम्परागत पहिरनमा खड्गधारण गरी खड्गजात्रा मनाउने गरिन्छ । काठमाडौंमा भने टेःवहाल, महाबौद्ध र वटुबाट भद्रकाली, कोहीटीबाट निलबाराही, यट्खाबाट कंकेश्वरी र हनुमानढोका दरवारबाट तलेजु भवानीको खड्गजात्रा निकाल्ने परम्परा छ ।

नगरपरिक्रमा गरी जात्रा सकिएपछि दानवको प्रतीक कुभिन्डोमा खड्गले प्रहार गरी असत्यमाथि सत्यको जित भएको भन्दै खुसियाली मनाउने गरिन्छ ।
imagekhabar.com

,

news and entertainment