कतारमा विश्वकप नहुने सम्भाबना बढ्यो


१८ जेठ, एजेन्सी ।
सन् २०२२ मा कतारमा आयोजना हुने भनिएको विश्वकप फुटवल पुनः विवादमा परेको छ । कतारलाई विश्वकप फुटवल आयोजना गर्न दिँदा विश्व फुटवल महासंघ फिफाका पदाधिकारीहरुले ब्यापक अनियमितता गरेको खुलासा भएपछि कतारमा विश्वकप हुने कि नहुने भन्ने समेत अन्यौलमा परेको छ ।
बेलायतको सन्डे टाइम्सले कतारलाई आयोजक बनाउन तत्कालिन फिफाका बरिष्ठ अधिकारी कतारका नागरिक मोहमम्द बिन हमामले विभिन्न देशका फुटवल अधिकारीहरुलाई करोडौं डलर घुस दिएको पुष्टी हुने इमेल, चिठी पत्र, ब्याड्क ट्रान्सफर लगायतका गोप्य कागजातमा आधारित रिपोर्ट सार्वजनिक गरेपछि
फिफा पुनः विवादमा तानिएको हो ।



हमाम बिनले आफूमाथि लागेको आरोपको सँधै खण्डन गर्दै आएका छन् । यही विवादपछि उनलाई फिफाले आजीवन फुटवलमा प्रतिबन्ध लगाइसकेको छ ।


सन्डे टाइम्सले फेला पारेका ति कागजातबाट हमामले कतारलाई आयोजक बनाउने निर्णय हुनुभन्दा एक वर्ष अघि देखि नै विभिन्न देशका अधिकारीहरुसँग यस विषयमा कुराकानी र भनसुन गर्न थालिसकेको देखाउँछ ।

त्यसैगरी उनले विभिन्न अफ्रिकी देशका फुटवल अधिकारीहरुलाई पैसा भुक्तान गरेको समेत कागजातले देखाएका छन् ।
कतारले फुटवल आयोजना हात पार्न आफूले कुनै गलत विधी नअपनाएको दावी गर्दै हमामले पनि कतारलाई सहयोग पुग्ने गरी कुनै काम नगेको दावी गर्दै आएको छ ।
सन्डेटाइम्सले प्रतिक्रिया मााग्दा हमामका छोरा हमाद अल अब्दुल्लाहले आफूले बाबुका विषयमा कुनै टिप्पणी गर्न असमर्थ रहेको बताएको जनाएको छ ।

सन्डे टाइम्सले बिन हमामले ३० लाख ५ हजार युरो तिरेर फिफाले निल्मबन गरेका अधिकारीको मुद्धा मिलाउन खोजेको कागजात समेत आफूले फेला पारेको दावी गरेको छ ।
पछिल्लो खुलासाले फिफामाथि २०२२ को विश्वकप आयोजक राष्ट्र छान्नका लागि पुनः मतदान गर्नु पर्ने दवावमा परेको छ ।
त्यतिमात्र होइन यस अघि नै कतारमा विश्वकप आयोजना गर्न आवश्यक संरचना निर्माणका क्रममा नेपाल सहित विभिन्न देशका हजारौंं कामदारको मृत्यु भैसकेको र त्यहाँ कामदारको अवस्था चिन्ताजनक रहेको भनेर समेत कतारको विश्वकप आयोजनामाथि प्रश्न उठिसकेका छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment