२३ वर्षीय बाबुको २४ जना छोराहरु
(एजेन्सी)– पूर्वी अफ्रिकी देशको रवान्डाको किगालीमा २४ जना छोराहरुले एक अर्कालाई हौसला प्रदान गर्दछन् । उनीहरुको परिक्षा पनि हुँदैछ र उनीहरु त्यसको तयारीमा छन् । यस्तैमा उनीहरुका २३ वर्षीय बाबु पिता जीन क्लाउड नकुसी उनीहरुलाई राम्रोसँग पढ्न सके राम्रो तरिकाले बाच्न सकिने भन्दै सम्झाउँछन् । यो सामान्य होइन, उनीहरु एक परिवारमा बस्दछन् । उनीहरु नरसंहारबाट पिडित छन् । अलग अलग उमेर समूहका यी युवाहरुको डिएनए एकअर्कासँग मिल्दैन । यद्यपी उनीहरु सबैले सामूहिक फैसला लिए कि २३ वर्षीय जीन क्लाउडलाई उनीहरुले पिता भन्नेछन् । सन् १९९४को नरसंहारमा एथनिक रवान्डन टुटसिस समुदायको आठ लाख मानिसहरु मारिएका थिए ।
यसरी नै उनीहरुले एक–अर्कालाई मद्दत गर्दछन् । नकुसी भन्छन्, ‘यस्तो गर्नाले बच्चाहरुलाई परिवारजस्तो अनुभव हुन्छ र उनीहरु खुसी हुने गर्दछन् ।’ युनिभर्सिटी अफ रवान्डाको कलेज अफ एजुकेसनमा यस्तो २१ परिवार छ ।

