मलेसियामा नेपालीहरु यसरी लुटिन्छन्
‘हेल्लो फ्रेन्ड मारीसीनि (साथी यता आउनुस त)… ’
‘स्मार्टफोन प्रमोसन आडा (स्मार्टफोनहरु प्रमोसनमा छन्)… ’
‘दुवा रातूस बोले ला (दुई सय मै हुन्छ नी)… ’
यसरी सुरु हुन्छ विशेषगरी नेपाली, बंगलादेशी, म्यानमार लगायतका विदेशीलाई फकाएर आफ्नो पसलमा बोलाउने तरीका ।
जो सुकैले त्यत्ति धेरै पैसा बोकेर हिडेका हुँदैनन् । त्यस्तै अभरोमा पारेर उनीहरुले न त फोन दिन्छन्, न त पैसा फिर्ता दिन्छन् ।
लुट्ने अर्को तरिका पनि छ । त्यहाँ पूरानो मोबाइल सेट बनाउन जाने जो सुकैको मोबाइल उनीहरुले बनाईसकेपछि फिर्ता दिदैनन् । फिर्ता मागेमा उनीहरुको त्यो १८ सय भन्दा माथीको फोन किन्न जबर्जस्ति गर्छन । यदी किन्न नसक्ने हो भने पूरानो फोन पनि फिर्ता दिदैनन् ।
जलान सिलाङमै बसोबास गर्ने एक नेपाली ब्यापारीका अनुसार उनीहरुले सक्कली भनेर बेच्ने गरेको १८ सय भन्दामाथीको फोनहरु कुनै पनि सक्कली हुँदैनन् । र पीडितको पक्ष लागेर बोल्ने जो सुकैलाई उनीहरु एक भएर हात हाल्नेसम्मको काम गर्छन ।
अहिले हरेक दिन जसो सोझासाझा नेपालीहरुलाई त्यहि माइडीन ढोका अगाडीको मोबाइल पसलेहरुले लुट्न थालेपछि पीडितहरु ठगीएर नेपाली रेष्टुरेन्ट, पसलहरुमा गुहार माग्न गएपनि आफूले कानूनी तथा अन्य रुपमा सहयोग गर्न नसकेको एक नेपाली रेष्टुरेन्ट ब्यवसायी बताउछन् ।
‘उनीहरुसँग पैसा तिरेको बील हुँदैन, निश्चित कुन फोनको लागी मूल्य तोकेको त्यो पनि थाहा हुँदैन फेरी भाषाको त्यत्तिकै समस्या । त्यहि भएर हामी चाहेर पनि केहि सहयोग गर्न सक्दैनौ’ ब्यवसायीले बताउछन् ।
आफूलाई लुटिनुबाट जोगिने एउटै तरिका भनेको कुनै पनि नेपाली न त नयाँ फोन किन्नको लागी न त पूरानो फोन बनाउनकै लागी माईडीन ढोका अगाडीको फोन पसलहरुमा नजानू नै राम्रो हुनेछ ।
बिपिन राई (मलेसिया)


