किराना पसल गर्दै आएका दम्पतीको हत्या

१२ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको नेचाबेतघारी- ८ दूधकोसी पुल छेउमा होटल तथा किराना पसल गर्दै आएका एक दम्पतीको हत्या भएको छ ।

खोला छेउमा रहेको बाटामा सामान्य व्यवसाय गर्दै आएका मानध्वज राई र उनकी श्रीमतीलाई अज्ञात समूहले धारिलो हतियार प्रहार गरी गएराति हत्या गरेको प्रहरीले जनाएको छ ।

राति करिब साढे ११ बजे भएको घटनाका सम्बन्धमा राति १२ बजे जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक कमल कटुवालको नेतृत्वमा घटनास्थलमा परिचालन भई मुचुल्का उठाउने काम भइरहेको इलाका प्रहरी कार्यालय नेचाले जनाएको छ ।

,

news and entertainment