एमाओवादी प्रचण्डको क्लब होइन : भट्टराई
केन्द्रीय सदस्य चयनमा अध्यक्ष प्रचण्डले आफ्ना मानिसहरुलाई मात्रै समावेश गर्न खोजेपछि आक्रोसित बनेका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डको क्लब नभएको टिप्पणी गरेका छन ।
भट्टराईले प्रचण्डले पार्टीलाई दिशाहिन क्लबको रुपमा चलाउन खोजेको प्रति आक्रोस व्यक्त गर्दै केन्द्रीय सदस्यमा भागबण्डा गर्ने हो भने सबै पक्षको समान हैसियत अनुसार गर्नु पर्ने बताए ।
त्यसो नगर्ने हो भने प्रचण्डलाई आफुखुसी चयन गरेर पार्टी चलाउन चेतावनी दिदै आफू संविधानसभामा रहेर संविधान लेखन कार्यमा सक्रिय हुने बताए ।
भट्टराईले भने “सबैको समान हैसियत कायम नगर्ने हो भने प्रचण्डले आफ्ना मान्छे नियूक्त गरेर पार्टी चलाए हुन्छ । म संविधानसभा रहेर संविधान लेखनमा सक्रिय हुन्छु ।”
उनले पार्टी व्यक्तिगत रुपमा चल्न थाले आफु संविधान लेखन सँगै माक्र्सवादी अध्ययन केन्द्र मार्फत माक्र्सवादको अध्ययन अनुसन्धानमा सक्रिय हुने समेत स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डले नयाँ विचारको साटो पुरानै ढर्रामा पाटिलाई हाक्न खोजेको भन्दै पुरानो विचारबाट पार्टी अघि बढ्न नसक्ने समेत उनले ठोकुवा गरे ।

