कोरियाको एक बस ट्रमिनलमा भीषण आगलागी हुदाँ ६ जनाको मृत्यु ,४१ जना घाईते

image
अनुशा मैनाली /कोरिया ।
दक्षिण कोरियाको ईल्सान स्थित गोयाडं्.बस ट्रमिनलमा आगलागी हुदाँ ६ जनाको मृत्यु भएको छ भने ४१ जना घाईते भएका छन् । आज बिहान भएको सो आगलागी नियन्रणको लागी १०० जना भन्दा बढि अग्नी रक्षक र १ दर्जन दमक परिचालन गरिएको कोरियाको आपतकालिन उद्दार ब्युरोले जनाएको छ । घाईतेहरूको नजिकैको अस्पतालमा उपचार भईरहेको बताईएको छ । प्रहरीका अनुसार टर्मिनल नजिकै निर्माण भईरहेको रेष्टुरेण्टमा वाईल्डिडं् गर्दा सो आगलागी भएको हुन सक्ने भन्दै काम गर्ने कामदारहरूलाई नियन्त्रणमा लिएको छ । टर्मिनल सँगै ३ नम्बर लाईनको बेईस्कोक स्टेशन जोडिएको छ 

,

news and entertainment