काठमाण्डौ, ४ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी नीतिमा परिवर्तन आवश्यक ठान्दै भारतीय जनता पार्टीबाट प्रधानमन्त्री पदका लागि मनोनित नरेन्द्र मोदीलाई फोन गरी वासिङटन भ्रमणका लागि निमन्त्रण दिएका छन् । मोदीलाई अमेरिकी सरकारले १० वर्षदेखि अमेरिका जानका लागि रोक लगाएको थियो ।
वाइट हाउसले एक विज्ञप्ति मार्फत भनेको छ,‘अमेरिका भारतसँग रणनीतिक साझेदारीमा काम गर्न चाहान्छ । यसका लागि अमेरिका र भारतमा बन्ने प्रधानमन्त्री मोदीबिच छलफलको आवश्यकता रहेको छ । यसको लागि अमेरिका प्रतिक्रिया पर्खाइमा रहेको छ । दुई ठुला प्रजातान्त्रिक राष्ट्रबिच मजबुत सम्बन्धको खाँचो रहेको छ ।’
वाइट हाउसले सन् २००५ मा मोदीको भिसामा रोक लगाएको थियो । सन् २००२ मा गुजरातमा भएको साम्प्रदासयक हिंसामा मोदीलाई प्रमुख दोषी ठानिएको थियो । विदेश विभागका प्रमुख ऐन सुकीले भनेका छन्,‘मोदीलाई ए १ भिसा दिनुपर्छ ।’
अमेरिका भारतमा बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न चाहेको छ । यसका लागि नयाँ सरकारको नेतृत्वसँग छलफल गर्नुपर्ने बताइएको छ ।
आखिर बाराक ओबामले किन फोनै गरे मोदीलाई ?
news and entertainment
