ओलीले सुतेकै ठाउँमा संसार छाडे

क्वालालम्पुर । मलेसियामा एक नेपाली कामदारको सुतेकै अवस्थामा ज्यान गएको छ । सहजपुर-५ कैलाली घर भई मलक्काको मुरली माउ सरकममा रहेको एचसीआरडी प्रोसेसिङ कम्पनीमा कार्यरत अन्दाजी ३२ वर्षका मोहन ओलीको सुतेकै ठाउँमा ज्यान गएको हो ।
आइतवार रातिको खाना खाएर सुतेका ओलीको सोमवार विहान काम गर्न जाने वेलासम्म पनि नउठेपछि साथीभाईले उठाउन थाल्दा उनको विस्तारामै मृत्यु भइसकेको थियो । ओली १३ महिना अगाडिमात्रै रोजगारीको लागि मलेसियामा आएका थिए ।
हाल उनको शवलाई पोसमार्टमको लागि मलक्का अस्पतालमा राखिएको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

,

news and entertainment