संसारकै सबैभन्दा मोटा ब्यक्तिको निधन ( तस्विर सहित)

१३ जेठ ।
संसारकै सबै भन्दा मोटो ब्यक्तिकोरुपमा सूचीकृत मेक्सिकोका म्यानुएल युरुवेको ४८ वर्षको उमेरमा निधन भएको छ ।
सन् २००६ मा गिनिज बुक अफ वर्ल्ड रेकर्डसले ५ सय ५७ किलोका युरुवेलाई संसारकै सबै भन्दा मोटो ब्यक्तिको मान्यता दिएको थियो ।
मेक्सिकोको नेभो लिओन स्टेटस्थित मोन्टेरी सहरमा बस्दै आएका उनको मृत्यु भएको पुष्टी त्यहाँको स्वस्थ्य विभागले गरेको छ ।
युरुवेले पछिल्ला वर्षहरुमा उल्लेख्यरुपमा तौल घटाएका थिए तर उनी वर्षौं देखि हिँड्न नसकेर ओच्छ्यानमै समीमित थिए ।
एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा युरुवेलाई मुटुमा समस्या आएपछि मे २ मा अस्पतालमा भर्ना गरिएको जानकारी दिए । त्यसकै कारण उनको मृत्यु भएको अनुमान गरिएको छ ।
यद्यपी उनको मृत्युबारे अस्पतालले कुनै आधिकारिक जानकारी दिएको छैन ।
सबै भन्दा मोटा युरुवेले सन् २००८ मा क्लाउडिया सोलिससँग विवाह गरेका थिए ।
विवाहका लागि उनले २५९ किलो तौल घटाएका थिए ।





 एजेन्सीको सहयोगमा भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, ,

news and entertainment