दिल्लीमा प्रधानमन्त्री कोइराला आलोचित
काठमाडौं, जेठ १४ – भारतका नयाँ प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सपथ ग्रहण समारोहमा परिवारका सदस्यलाई डाकेनन् । आमा अन्य सदस्य कसैलाई पनि पनि बोलाएनन् । तर, त्यही सपथ ग्रहण समारोहमा ‘बिन बुलाए मेहमान’को लर्को लिएर नेपालका प्रधानमन्त्री शुसील कोइराला गए । यसको दिल्लीमै चर्को आलोचना भएको खबर रातोपाटीलाई प्राप्त भएको छ।
राजकिय भ्रमणमै डाकेजस्तो गरेर कोइरालाले आफ्ना नातागोताका साथै १३ जनाको लस्कर लिएर भारत गएको दृश्य भारतीय मिडियाले समेत पचाउन सकेनन । केही टेलिभिजनमा च्यानलहरुमा खबर आयो, ‘मोदीले आफ्ना परिवारका सदस्यलाई समेत सपथमा नडाकेको बेला नेपालका प्रधानमन्त्रीले नातागोता बोकेर आए ।’
प्रधानमन्त्री कोइरालाले आफ्नो साथमा कोइराला परिवारका शंसाक कोइराला र सुजाता कोइरालालाई भ्रमणमा लगेका थिए । सुत्रका अनुसार सुजाता आधिकारीक भ्रमण टोलीमा थिइनन् । उनी आफ्नै खर्चमा दिल्ली पुगेकी हुन । भारतीय नेताहरुसँग भेट गराइदिने भन्दै सुजाताले नै प्रधानमन्त्रीलाई एक दिन बस्न कर गरेको बताइन्छ ।
काँग्रेसको विदेश विभाग सदस्यका रुपमा गए पनि सुजाता नेपालकै ‘फस्र्ट लेडी’को जस्तो चुरीफुरी देखाउन थालेपछि भारतीय प्रोटोकल अधिकारीले दिक्क मानेका थिए । राज्य र सरकार प्रमुखहरुसँगको भेटवार्ता हुँदा सुजाता पनि उपस्थित हुन तम्सीएपछि प्रोटोकाल नमिलेको भन्दै सुरक्षाकर्मीले भित्र छिर्न नदिएको बुझीएको छ ।
ratopati भिडियो हेर्न तल क्लिक गर्नुहोस्: