आमूल परिवर्तन ल्याउँछु भन्दा पद छोड्नु पर्‍योः दाहाल

काठमाडौ, जेष्ठ १४ - एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री भएपछि मुलुकका सबै क्षेत्रमा एकैपटक आमूल परिवर्तन गर्छु भन्दा पद छोड्नु परेको बताएका छन् ।

मुलुकमा गणतन्त्र स्थापना भएपछि आफ्नो शासनकालमा ठूलो उत्साह र महत्वकाङ्क्षाका साथ अग्रगामी कार्य गर्न खोज्दा नौ महिनामै सत्ता छोड्नु परेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएको र त्यसलाई संस्थागत गर्न एकपटक सबैले आ–आफ्नोतर्फबाट प्रयास गर्नुपर्ने धारणा राखे ।

उच्चमाध्यमिक शिक्षा एसोसियसन नेपाल (हिस्टान)को बुधबार आयोजित राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले उच्चमाध्यमिक शिक्षकको सेवा सुविधामा सुधार नआएसम्म गुणस्तरीय शिक्षाको आशा गर्न नसकिने उल्लेख गरे ।

कार्यक्रममा नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल, काँग्रेसका नेता अर्जुननरसिंह केसी, एमालेका नेता गङ्गालाल तुलाधर लगायतले बोलेका थिए । रासस


,

news and entertainment