१. स्खलनपछि शुक्राणुको आयु कस्तो हुन्छ ? – हावा, कपडा, बिछ्यौनाआदिको सम्पर्कमा आएपछि शुक्राणुले आफ्नो तैरिने (पौडिने) क्षमता गुमाउछ । वीर्य सुक्नेबित्तिकै मृतप्रायः हुन्छ । शुक्राणु महिलाको योनिभित्र भएपनि निषेचन द्रव्य (फर्टाइल फ्लुड) भेटेन भने पनि केही घण्टामै मर्छ । तर, शुक्राणुले महिलाको फर्टाइल फ्लुड भेट्ने हो भने एक हप्तासम्म जीवित रहेर निषेचनका लागि अण्डाणुलाई पर्खन्छ । यसैले लिंगबाट बाहिर निस्किएको केही घण्टामात्र वीर्य जीवित रहन सक्छ । २. के प्युबिक हेयर (यौनांग वरपर उम्रने रौं) खौरनु आवश्यक छ ? – यौनांगको सरसफाईका लागि यस वरपरको रौं सफा गर्नु या खौरनु महत्वपूर्ण मानिन्छ । पुरुषको सन्दर्भमा लिंग वरपर उम्रने रौं खौरनु त्यति आवश्यक मानिदैंन, जति महिलाको सन्दर्भमा आवश्यक हुन्छ । महिलाको यौनांगको रौंले सेक्स क्रियामा काफी सहभागिता निर्वाह गर्छ । तर, खौरँदा रौं बाक्लो हुन्छ कि भन्ने आशंका पनि हुन्छ । जबसम्म यस्ता रौं खौरिइदैन, यौनांग वरिपरिको क्षेत्र नरम हुन्छ । तर, खौरिइसकेपछि कडा हुन्छ र बाक्लो पनि आउछ । पुनःपलाउन थालेपछि असजिलो महसुसपनि हुन सक्छ । यसका लागि ब्लेडले खौरनुको साटो हेयर रिमुभिङ क्रिमको उपयोग गर्न सकिन्छ । ३. स्तनको अलग–अलग आकार कुनै समस्या हो ? – यदि कुनै समस्या या रोग होइन भने एकै महिलाको दुवै स्तनको आकार सामान्य फरक हुनु स्वभाविक मानिन्छ । स्तनको आकारमात्रै होइन, शरीरको दायाँ र बायाँ अंगमा पनि सामान्य अन्तर पाइन्छ । यसैले स्तनको आकार सामान्य फरक हुँदैंमा चिन्ता मान्नुपर्दैन । ४. स्तन कत्रोसम्म हुन्छ, यसको सामान्य आकार कत्रो हुन्छ ? – यसको सही जानकारी कोही पनि दिन सक्दैन । जसरी मानिसहरु फरक–फरक लम्बाई र आकारका हुन्छन्, त्यसैगरी महिलाको स्तनमा पनि विविधता हुन्छ । कसैको ठुलो, कसैको मध्यम खालको या कसैको सानो स्तन हुन्छ । चिकित्सा विज्ञानका आधारमा स्तनको कुनै आदर्श आकार हुँदैंन । स्तनको आकार र शिशुको पालनपोषण या स्तन क्यान्सरसंग कुनै संबन्ध छैन । स्तनको आकारलाई आफ्नो चाहनाअनुसार बढाउने, घटाउने एउटैमात्र उपाय शल्यक्रिया नै हो । तर, यसको पनि साइड इफेक्ट पनि हुन सक्छ । गर्भअवस्थामा स्तनको आकारमा केही वृद्धि हुन्छ भने महिलाले पाएको उचित पोषणयुक्त आहारालेपनि स्तनको विकासमा भूमिका खेल्न सक्छ । - See more at: http://swasthyakhabar.com
यौन स्वास्थ्य प्रश्नोत्तर सबै जसो जानकारी के गर्नु हुन्छ के हुदैन ??
news and entertainment
