आम जनतालाई खरेलको आवश्यकता छ भन्ने नविन अर्याल को यो लेख हेर्न नभुलौ
नविन अर्याल
सुरक्षा अनुभूति गर्न पाउनु जनताको अधिकार हो। सरकार र सत्तामा बसेर कसैले पनि त्यसको गलत फाइदा उठाउने छुट छैन। रमेश खरेल एक सच्चा देशभक्त हुन भन्ने कुरा आजसम्मका उनका कामले नै स्पष्ट्याएको छ। हुनत कुनै पनि व्यक्ति आफैमा पूर्ण हुँदैन भन्ने गरिन्छ। हुन पनि हो कतिपय स्थानमा गल्ती कमजोरी हुन्छन नै। तर, त्यसो भन्दैमा भ्रष्टाचारको विरोध गरेकै आधारमा प्रहरी प्रमुखबाट उनलाई हटाउन खोज्नु न्यायसंगत देखिएको थिएन।
यदि थियो भने सरुवा रोकिने पनि थिएन। राजधानीका कतिपय स्थानमा खरेलको सरुवा भएकोप्रति पाटीको आयोजना गरियो भन्ने संञ्चारमाध्यममा आयो। गलत काम गर्ने र गुण्डा डनहरुको नजरमा खरेल अखिरमा आँखाको कसिंङ्गर पनि बन्ने नै भए तर खराब मान्छेको पक्षमा निर्णय गर्नु पनि सहि चाँहि थिएन कि? यदि गलत कामको पक्षपोषण गर्ने हो सत्ता र शक्तिको आधारमा भने खै कहाँ गयो सही र सुशासनको सही मार्ग।
म एक आम जनता मेरो लागि सबैभन्दा ठूलो कुरा मेरो सुरक्षा हो।किनकी, म नै अशुरक्षित भएभने अरुको सुरक्षा म कसरी गर्न सक्छु? त्यसैले शान्ति सुरक्षामा सबैलाई लगाउने र शान्तिको वातावरण मिलाउने जिम्मा राज्य संचालनको लागि साँचो बोकेका दलहरुको पनि हो। खरेल काठमाडौंमा आएपछि
सर्वसाधारणले पनि सुरक्षाको अनुभूति गर्न पाएको कुरामा सर्वसाधारणको असहमति नहोला। केहि समय अगाडि गाँजा तान्नेहरु प्रायः एकान्त स्थानमा भेटिन्थे। तर, खरेलको आगमनले यसमा कमी मात्र आएको छैन यस्तो झुण्ड यदाकदा समेत देखिन्न।
किन गर्नैनन् इमान्दारिताको कदर नेताहरु? आखिर राम्रो लाई पक्षपोषण गर्न के को हिचकिचाहट?
रमेश खरेल नेपाल प्रहरीमध्येका असल छबी भएका प्रहरी हुन् भन्ने मैले बुझेको छु। हुनतः बाहिरी रुपमा जे बुझिन्छ वास्तविकता त्यो नहुन सक्छ। तर, जनमतले सिर्जना गरेको माहोललाई अस्वीकार गर्न पनि सकिँदैन। काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलको सरुवाको विषयले अहिले चर्चा पाएको छ। तर, राज्यको महत्वपूर्ण निकायमा रहने उच्चस्तरीय अधिकारीले निर्वाचन आचारसंहिता लागू भएको थाहा पाएका रहेनछन्। अन्ततः खरेलको सरुवा रोकियो।
जसले राम्रो काम गर्छ उसको विरोध हुन्छ नै। हाम्रो नेपाली समाजमा अपराधिक ब्यक्तिलाई छुटाउन लावालस्कर लागेको पाउँछौं, असलको वास्ता हुँदैन अथवा विरोध हुन्छ। काठमाडौंमा प्रायशः बाह्य जिल्लाका मानिसहरु विभिन्न उध्येश्य बोकेर आएका छन्। उक्त शहरमा कति असल मानिसहरु पनि छन् तर त्यही शहरमा गुण्डाले राज गर्छन् भन्ने कुरामा द्धिमत नहोला? त्यस्तो चुनौति भएको ठाउँमा गुण्डाहरुलाई तह लगाएर शान्तिपूर्ण वातावरण सिर्जना गर्ने एसएसपी खरेलमाथि गिद्दे दृष्टि लगाउनु असल चारित्रिक व्यक्तित्व झल्किँदैन।
ब्रिफकेस बोकेर बढुवाको लागि प्रहरी अधिकारी उच्चस्तरीय अधिकारीसमक्ष पुग्छन् भन्ने अभिव्यक्ति गलत हो भनेर ठोकुवा गर्न सक्दिनँ। सबै नेपाली आफ्नो संलग्नता र सांगठानिक सुधारको निम्ति अभिप्रेरित हुनुपर्छ। त्यो भावना खरेलमा भएको अनुभव जनताले गरेको कुरामा असहमति नहोला।
खरेललाई निर्वाचन आयोगले सरुवा रोकिदियो, वैधानिक तरिकाबाट। अब उनलाई मुलुकमा हुने अपराधिक कृयापलाप नियन्त्रणका लागि सरकारले नै प्रोत्साहन गर्नुपर्छ। फेरि खरेलले आफ्नो छबीलाई बचाउन सकेनन् भने उनको पक्षमा जनमत सिर्जना गर्नेहरुले नै कारबाहीको निम्ति आवाज उठाउने छन्।
कुरा सरुवा बढुवाको भन्दापनि कुरा सिस्टमको हो राम्रो काम गर्ने व्यक्तिलाई तालि र नराम्रो गर्नेलाई गाली दिन सक्नुपर्छ। यसको आलोचना कम र सहमति बढी हुनसक्छ। आज केहि गुण्डा नाइकेहरुले साथ दिए भन्दैमा उनीहरुको पक्षमा बोल्नुले कसैलाई फाइदा नगर्ला कि। किनकी आखिरमा जीत त सधै सत्यको नै हुँदै आएको छ।
भ्रष्टाचालाई बढावा नदिउ भनेर सिस्टमको विरोध गर्नु न्यायसंगत थिएन भन्ने मेरो व्यक्तिगत विचार हो तर यसमा कतिपयको साथ पाएको अनुभव खरेलको सरुवा रोक्नुपर्नेमा एकजुट आवाजहरुले दिएका छन्। आउदा दिनमा कर्तव्यको पालना गर्नेप्रति
http://setopati.com/pathak-bichar/12198/सम्मान होस्।
