अर्थमन्त्रीले पनि आफ्नो निर्वाचन क्षेत्रमा मात्र चार करोड दिएर बिबादमा तानिदै

काठमाडौं: अर्थमन्त्री डा. रामशरण महतले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै रकमान्तरबाट करिब चार करोड बजेट प्रदान गरेको खुलासा भएको छ।
संसद्को अर्थसमितिको बैठकमा अर्थमन्त्रीको गृहजिल्ला नुवाकोटबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सभासद् जगदीशनरसिंह केसीले अर्थमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा चार करोड रूपैयाँ विभिन्न क्षेत्रबाट रकमान्तर गरेर रकम बाँडेको जानकारी दिएका हुन्।
' म पनि कांग्रेसबाट सभासद् हो,रकम जति मन्त्रीज्यूको २ नम्बर निर्वाचन क्षेत्रमा गएको छ',उनले भने,' २ नम्बर निर्वाचन क्षेत्रको स्थानीय क्बलदेखि सबै ठाउँमा पैसा छरिएको छ। आवश्यक परे यसको प्रमाण पेस गर्न म तयार छु।'
केसीका अनुसार नुवाकोट १ र ३ नम्बर क्षेत्रमा भने आधारभूत योजनाका लागि अहिलेसम्म न्यूनतम बजेट नै पुगेको छैन। केसीको प्रश्नमा जवाफ दिदै अर्थमन्त्री महतले भने, 'मैले एक रूपैयाँपनि आफ्नो क्षेत्रमा रकमान्तर गरेको छैन। यदि मैले त्यस्तो गरेको पुष्टि हुन्छ भने जस्तो कारवाही पनि भोग्न तयार छु',उनले भने,' निर्वाचित जनप्रतिनिधि भएको हिसाबले धेरै दबाब आएका छन्। तरयसलाई मैले अस्वीकार गरेको छु।'

, ,

news and entertainment