रेखा थापाका नयाँ ब्यायफ्रेन्ड हेर्न दर्शक आतुर

जेठ १८ गते काठमाडौं । नेपाली सिनेनगरीमा धेरै चलचित्र निर्माण भए । केही दर्शकलाई निकै हसाउने चलचित्र बने त केही एक्सन र माया प्रेममा आधारित चलचित्रहरु निर्माण भए ।
तर, त्यस खालका चलचित्रले दर्शकको मन राम्रोसँग तान्न सकेन । जसका कारण सिंगो चलचित्र क्षेत्र नै निकै धरासायी हुने अबस्थामा पुगेको छ ।
एउटा चलचित्र नराम्रो भए अरु चलचित्र पनि सोही अनुरुपका हुन भन्ने मानसिकताले दर्शकलाई निकै नमज्जाले गाँजेको छ ।
नेपाली सिनेनगरीमा आफूलाई स्थापित गराइसकेकी नायिका रेखा थापाले निर्देशन गरेकी पछिल्लो चलचित्र हिम्मतवाली दर्शकले खोजेको भन्दा पनि राम्रो चलचित्र निर्माण भएको बताइएको छ ।
धेरै विषय बस्तुहरु यथार्थ जिन्दगीसँग निकै नजिक रहेर चलचित्र निर्माण भएको बताइएको छ ।
सुदुरपश्चिमका निकै मनमोहक दृश्यहरुलाई कैद गरिएको यस चलचित्रमा नेपाली सिनेनगरीमै पहिलोपटक उँटको प्रयोग गरिएको छ ।
चलचित्रलाई एउटा पात्रको अभिनयले अझ निकै सुन्दर बनाएको छ । उनी हुन्, सगरमाथा समेत आरोहण गरिसकेका र देशविदेश सम्म आफूलाई स्थापित गराउन सफल नायक सुदर्शन गौतम । जो चलचित्रमा मुख्य पात्रको रुपमा देखिने भएका छन् रेखा थापाका नयाँ ब्यायफ्रेन्डका रुपमा लिइएका सुदर्शनलाई हेर्न आम दर्शक निकै आतुर छन् ।
बास्तविक जीवनमा नै दुवै हात नभएका सुदर्शनले चलचित्र हिम्मतवालीमा सोचेको भन्दा पनि राम्रो अभिनय गरेको निर्माण पक्षको दाबी छ ।
यो चलचित्र असोज महिनाको फुलपातीका दिन देखि देशभरबाट प्रदर्शन हुने तयारी गरिएको छ ।
पछिल्लो समय चलचित्रको व्यापार राम्रो नभइरहेको अवस्थामा चलचित्र हिम्मतवालीले चलचित्रक्षेत्रलाई नै निकै राम्रो सन्देश दिने बताइएको छ । चलचित्रको सम्पूर्ण छायाँकन सकेर हिम्मतवाली युनिट चलचित्रको डविङ्ग कार्यमा ब्यस्त छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment