काठमाडौँ उपत्यकालाई चारभन्ज्याङ बाहिर पनि विस्तार गर्न सुझाव

काठमाडौँ, १८ जेठ । सभासद् रामेश्वर फुयाँलले काठमाडौँ उपत्यका चारभन्ज्याङ बाहिरको पाँच÷पाँच किमि वृत्तसम्म उपत्यकाको भूगोल कायम गर्न उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई सुझाव दिनुभएको छ ।
सभासद् फुयाँलले आइतबार सिंहदरबारस्थित उपप्रधानमन्त्री सिंहको कार्यकक्षमा पुगी सिंगो उपत्यकालाई एउटै राजनीतिक एकाइ कायम गरी ‘राजधानी उपत्यका महानगरपालिका’ गठन तथा प्रत्यक्ष निर्वाचनमा एक प्रमुख, तीन उपप्रमुख(एक महिलासहित), महिला एक वडाअध्यक्ष, एक महिला उपाध्यक्षसहित तीन उपाध्यक्ष र सात सदस्य व्यवस्था गर्न सुझाव दिनुभएको हो ।
अहिलेको उपत्यकाका गाविसका बढीमा दुई गाविस र महानगरपालिकाको एक वडा त्यसमा थप गरी स्थानीय सरकारलाई सरकारले सिधै हेर्ने विशेष क्षेत्र घोषणा गर्न तथा स्थानीय क्षेत्रमा पूर्वाधार विकास एवम् सांस्कृतिक, धार्मिक, पर्यटन योजनालाई अघि बढाउन काठमाडौँ उपत्यका हेर्ने उपत्यका योजना आयोग बनाउन पनि सुझाइएको छ ।
सभासद् फुयाँलले २१औँ शताब्दीको काठमाडौँ उपत्यकालाई सुविधासम्पन्न एवम् उत्पादनशील बनाउन र पूर्वजले निर्माण गरेका पुरातात्विक र सांस्कृतिक धरोहरको संरक्षण गर्न खाँचो छ भन्दै अबको उपत्यका निर्माण तथा विस्तार आउँदो २०० वर्षको दृष्टिकोण बोकेर गर्नुपर्नेमा जोड दिनुभयो ।
dainiknepal भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment