रमेश खरेलको समर्थनमा काठमाडौंमा जुलुस

१८ जेठ, काठमाडौं ।
हालै जिम्मेवारीबाट हटाइएका काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलको सरुवाको विरोधमा काठमाडौंमा अहिले केहीबेर अगाडी जुलुस निस्केको छ ।
विवेकशील नेपाली नामक संस्थाको अगुवाइमा युवाहरुको समूहले खरेललाई सरुवा नगर्न माग गर्दै काठमाडौंको माइतीघरमा जुलुस निकालेको हो ।


उनीहरुले भ्रष्टाचारको विरोध नारावाजी गरेका छन् ।

व्यानरमा रमेश खरेल बचाउ अभियान समेत लेखिएको छ । दलका नेताहरुले करोडौं रकम लिएर प्रहरी सरुवा बढुवामा चलखेल गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालका साइट फेसबुक र ट्वीटरमा पनि युवाहरुले रमेश खरेल बचाउ अभियान नै चलाइरहेका छन् ।


एक फरक विषयमा गृहमन्त्री बामदेव गौतमलाई गाली गर्ने एक सरकारी अधिकृतलाई कारवाही गरिएको भन्ने समाचारमा समेत बामदेवकै आलोचना भएको देखिन्छ ।


बामदेव गौतम सामाजिक सञ्जालमा सबैभन्दा आलोचना भएका गृहमन्त्रीमा दरिन पुगेका छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment