एस्तो छ नेयमारले आज जादु ?
आषाढ १४ - ब्राजिलका फरवार्ड खेलाडी नेयमार उत्कुष्ट खेलाडी हुन् । उनले विश्वकप २०१४ मा भएका ३ खेलमा ४ चार गरीसकेका छन् । उनले गरेको गोलले ब्राजिललाई अन्तिम १६ को स्थानसम्म ल्याएको छ । निकै भद्र भएर सहि निर्णयका गर्दै खेल्ने खेलाडीमा उनी पनि पर्छन । शनिबार राती पौने दशबजे चिलीसँगको खेलमा के नेयमारले जादुमय खेल प्रर्दशन गर्लान त धेरैले प्रश्न गरेका छन् । 
खेलमा जो पराजय भयो उ बाहिरिने भएपछि बिशेषत ब्राजिलका खेलाडीहरु आत्तिएका छन् । उनीहरुले चिली पनि कम आँकेका छैनन् । बार्सिलोना क्लवमा समेत आबद्ध भएका नेयमारले अहिलेसम्म राष्ट्रका नाममा ३५ वटा गोल गरिसकेका छन् । २२ वर्षका नेयमारले सन २०१० अगष्ट १० मा अमेरिकासँग पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।@setopati
