येसरी घुस लिँदा लिँदै सहायक बन अधिकृत पक्राउ !!

११ असार, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदै गरेको अवस्थामा काभ्रेका सहायक बन अधिकृतलाई पक्राउ गरेको छ । सहायक बन अधिकृत प्रल्हाद प्रसाद धिताल घुस लिँदालिँदै पक्राउ परेको जानकारी अख्तियारले दिएको हो ।

काभ्रे जिल्लाका एकजना सेवाग्राहीसंग निजी जग्गामा भएको रुख कटान गर्न आदेश दिने क्रममा घुस लिँदै गर्दा उनी पक्राउ परेको जानकारी अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।
सहायक वन अधिकृत प्रल्हाद प्रसाद धितालले काठमाण्डौ स्थित वन विभाग, बबरमहलको परिसरमा सेवाग्राहीसंग रू २० हजार घुस रिसवत लिई रूख कटान गर्ने आदेश दिँदा दिदैको अवस्थामा आयोगको विशेष टोलीले पक्राउ गरी हिरासतमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

, ,

news and entertainment