ओलीले अत्याएपछि माधवको ‘ब्ल्याकमेलिङ’
काठमाडौं। महाधिवेशन प्रतिनिधि छनौटको प्रारम्भिक चरणमै पछि परेपछि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गुहार्नेदेखि ‘इमोशनल ब्ल्याकमेलिङ’ गर्न थालेका छन्। एमालेको नवौं महाधिवेशनमा अध्यक्षका प्रत्याशी बनेका नेपालले केपी ओलीको पक्षमा प्रतिनिधिहरू बहुमत चयन भएपछि नेपालले अराजनीतिक आरोप लगाउन थालेका हुन्। पार्टीमा आफूलाई कसैले चुनौती दिएको सहनै नसक्ने र अरु नेता भएको पनि देख्नै नसक्ने समस्याबाट पीडित बरिष्ठ नेता नेपालले पार्टीको महाधिवेशनलाई विपक्षीसागको चुनाव जस्तो बनाउन खोजेपछि एमाले पंक्तिमा चिन्ता छाएको छ।
सुशीलको शरणमा
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले पार्टीको आन्तरिक मामिलालाई विपक्षी पार्टीका नेताहरू र सरकारसम्म लगेर छताछुल्ल पारेको आरोप लागेको छ। उनले प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइराला स्वास्थ्य उपचारका लागि अमेरिका उड्नुअघि भेटेरै आफ्नो दुःखेसो पोखेका थिए। उनले एमाले महाधिवेशनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम ओली पक्षमा लागेका कारण आफूलाई अप्ठेरो परेको भन्दै सत्ताको दुरुपयोग भइरहेको आरोप लगाएका थिए। उनले ‘महाधिवेशनको बेला तपाई नहुने हुनुभयो, कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा वामदेवले मनपरी गर्न सक्छन्, महाधिवेशनमा सत्ताको दुरुपयोग हुने खतरा छ’ भनेर उक्साएको एमाले स्रोतले जनाएको।
यतिसम्म कि उनले लामो समय वामदेवलाई कार्यवाहक दिंदा उनले जे पनि गर्न सक्ने भएकाले रामचन्द्र पौडेललाई उपप्रधानमन्त्री बनाएर कार्यवाहकको जिम्मा दिन सुझाएको चर्चा समेत कांग्रेस वृत्तमा चलेको छ। माधव नेपालले वामदेवको विरोध गरेपछि प्रधानमन्त्री कोइरालाले उनलाई बालुवाटारमै बोलाएर ‘एमालेको महाधिवेशनमा तपाइले सत्ताको ऊ गर्नुहुन्छ भन्ने गुनासो आएको छ, त्यसमा केही पनि नगर्नुहोला, सरकार एमाले महाधिवेशनको मामिलामा तटस्थ हुन्छ’ भनेर सम्झाएका थिए। आखिर एमालेको महाधिवेशनमा सत्ताका दुरुपयोग कसरी हुन्छ भन्ने जवाफ भने कसैले दिएका छैनन्।
प्रचण्डलाई दबाब
एमाओवादी अध्यक्षले पोखरा पुगेर एमालेको आठौं महाधिवेशनमा आफूले सहयोग गरेका झलनाथ खनालले आफैंलाई धोखा दिएकाले यसपटक केपी ओली वा माधव नेपाल कसैलाई पनि समर्थन नगर्ने बताएका थिए। त्यति भएपछि नेपाललाई पुगि हाल्यो। आलोचना सहन सक्ने क्षमता नभएका नेपालले तत्कालै प्रतिक्रिया जनाउदै प्रचण्डले शान्ति प्रक्रियाप्रति आफ्नो योगदानको अवमूल्यन गरेको आरोप लगाए। प्रचण्डलाई ओली विरुद्ध आक्रामक बनाउने र उनको पनि सहानुभूति लिने नेपालको योजना असफल भएपछि उनी प्रचण्ड विरुद्ध उत्रिएको स्रोतले जनाएको छ।
जोरी हँसाउने मेलो
आफ्नो पार्टीको मामिलालाई विपक्षीहरू समक्ष लगेर जग हँसाई गरेका नेपालले महाधिवेशन प्रतिनिधि छनौटको प्रारम्भिक चरणमै ओलीभन्दा पछि परेपछि जोरी हँसाउन थालेका छन्। उनले महाधिवेशन प्रतिनिधि छनौटमा धााधली हुने आशंका मात्र व्यक्त गरेनन्, सत्ताको दुरुपयोग गरेर प्रतिनिधिहरू प्रभावित पारेको आरोप पनि लगाए। पत्रकार सम्मेलन नै गरेर नेता नेपालले विपक्षी पार्टीहरूले समेत लगाउन नसक्ने खालका आरोप ओलीमाथि लगाए।
उनले ओली पक्षले गुण्डागर्दी गरेको, आफ्नो पक्षमा नलाग्ने प्रतिनिधिलाई गाला ताछ्ने, खुट्टा भााच्ने जस्ता धम्की दिएको आरोप लगाए। राजनीतिक नियुक्ति दिएर लोभ्याउन खोजेको, पदको लालसा देखाएको र नमान्नेहरूलाई राजनीतिक भविष्य समाप्त पारिदिने धम्की दिएको जस्तो आरोप पनि नेपालले लगाउन भ्याए।
यस्ता आरोप पंक्तिमा चिन्ता छाउन थालेको छ। ‘यो एमालेको आन्तरिक महाधिवेशन हो कि दुई पार्टीको चुनाव हो भन्ने छुट्ट्याउन गाह्रो भइसक्यो’ कार्यकर्ताहरू यस्ता टिप्पणी गर्न थालेका छन्।
ओली पक्ष संयमित
माधव नेपालले विपक्षी गुहारेर र मिडियाबाट अराजनीतिक टिप्पणी गरेर महाधिवेशनलाई अस्वस्थ बनाउन खोजे पनि ओली पक्षले धैर्य नगुमाउने भएको छ। ओली आफैंले पत्रकार सम्मेलन गरेर आफ्नो पक्ष आरोप/प्रत्यारोप र दन्तबझानमा नउत्रिने बताए। ‘त्यस्तो काम त कलाकारले गरिहाल्छन्, हामी त स्वस्थ राजनीतिक बैचारिक बहसमा छौं, यो पार्टीलाई कसरी अझ बढी एकताबद्ध बनाउने भन्ने बाहेक अरु विषयमा हाम्रो असहमति छैन’ ओलीले भने। महाधिवेशन प्रतिनिधिहरूको छनौटपछि ओली पक्ष झनै बढी संयमित हुने भएको छ। ‘जित्ने पक्ष संयमित हुनुपर्छ, हामी भारी मतले जित्दैछौं त्यसैले पराजय स्वीकार गर्न नसकेको साथीहरूको प्रल्ाापलाई हामी संयमताका साथ सुन्छौं र उहाँहरूलाई पनि समेटेर अघि बढ्छौं’ युवा नेता राजन भट्टराईले भने ‘यो एमालेको महाधिवेशन हो, हामी विपक्षीसाग भिड्दै छैनौं, एमालेका कार्यकर्ताहरूले कस्तो नेतृत्व छान्ने भन्ने कुरा हाम्रो आन्तरिक विषय हो, बाहिर हल्ला गरेर, जोरी पारी हँसाएर फाइदा हुदैन’।
नेपाल पक्षले नेता ओली, उपाध्यक्ष वामदेव गौतम, महासचिव इश्वर पोखरेल लगायत नेतृत्व हस्तान्तरण अभियानमा रहेका नेताहरूको चरित्रहत्या गर्ने खालका प्रचारबाजीहरू गरिरहे पनि ओली पक्षले त्यसको प्रतिवाद नगर्ने भएको छ। नेपाल पक्षले विपक्षी मिडियाहरू समेत प्रयोग गरेर केही नेताको मानमर्दन गर्न थालेपछि कार्यकर्ताहरू आक्रोशित भएर उनीहरूको भण्डाफोर गर्नुपर्ने दबाब दिएका छन्। तर, ओलीले माधव नेपालको टिममा रहेका कुनै पनि नेताको विषयमा केही टिप्पणी नगर्न निर्देशन दिएका छन्। सुरेन्द्र पाण्डेको युनिटी काण्डदेखि भीम रावल र अन्य नेताका काण्डहरू तयार पारेर पनि ओलीको निर्देशन पछि रोकिएका छन्। ओलीले जसले जिते पनि यही पार्टीमा रहनुपर्ने भएकाले कुनै पनि अराजनीतिक गालीगलौज नगर्न आफ्ना पक्षधरलाई निर्देशन दिएका छन्। आफूले जिते पनि नेपाल पक्षमा लागेकाहरूलाई समेत योग्यता अनुसारको जिम्मेवारी दिएर अघि बढ्ने र, विगतमा जस्तो कसैलाई पनि जिम्मेवारीविहीन बनाएर नराख्ने ओलीले प्रष्ट पारिसकेका छन्।