विश्वकप खेलमा मिलेमतो भएपछि प्रहरीमा गुहार फिफा पनि मेलेको आरोप !
विश्वकप फुटबलको राप बढ्दै गर्दा खेल मिलेमतोको स्वर पनि सुनिन थालेका छन् ।
घाना फुटबल संघका अध्यक्ष केवेसी नायन्ताकाईले ब्राजिल विश्वकपमा पनि खेल मिलेमतो भएको आरोप लगाएका छन् ।
समूह जी मा रहेको घाना आइतबार राति भएको खेलमा जर्मनीसँग २ २ गोलको बराबरीमा रोकिएपछि केवेसीले खेल मिलेमतो भएको आरोप लगाएका हुन् ।
केवेसीले मिलेमतोको छानविनका लागि प्रहरीसँग गुहार समेत गरेका छन् । पत्रकार सम्मेलन गर्दै केवीसीले टोलीका अफिसियल र खेलाडीबाटै मिलेमत्तो भइरहेको आरोप लगाए ।
उनले मिलेमतो कार्यमा फिफाका एजेन्समेत सक्रिय रहेको आरोपसमेत लगाएका छन् ।
