डा भट्टराई र आफ्नोबीच कटुता नभई पार्टीलाई बलियो बनाउने बहस भइरहेको दाहालको स्प


Prachanda-(1)         जनकपुरधाम, असार १० – एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले निर्धारित समयमा नै संविधान निर्माण हुने सङ्केत प्रष्ट भइरहेको बताएका छन् । जनकपुरधाममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी पहिचान र सङ्घीयतासहितको लोकतान्त्रिक संविधानको पक्षमा रहेको छ भने । उपनिर्वाचनको परिणाम नौलो होइन भन्दै उनले संविधानसभाको निर्वाचनमा ती निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले जस्तो स्थान प्राप्त गरेको थियो उपनिर्वाचनमा पनि सोहीअनुरुप परिणाम आएको उनले बताए । एक प्रश्नको जवाफमा उनले डा बाबुराम भट्टराई र आफूबीच व्यक्तिगत कटुता नभई पार्टीलाई बलियो बनाउने सन्दर्भमा सौद्धान्तिक बहसको निरन्तरता भएको प्रष्ट पारे । हामी एक आपसमा छलफल पनि गर्छौं र सधैँ मिलेका छौँ भन्दै उहाँले दुवैको बीचमा झगडा रहेको कुरामा सत्यता छैन भने । वरिष्ठ नेता डा बाबुराम भट्टराईले आफ्नो बहस व्यक्तिगत भागबन्डाका लागि नभई आर्थिक र समाजवादी क्रान्तिका लागि भएको बताए । आफू संविधानसभा संसदीय समितिको बैठकमा व्यस्त रहने भएकाले पार्टीका धेरै कार्यक्रममा सहभागी नहुने गरेको प्रसङ्ग पनि उनले उल्लेख गरे ।

,

news and entertainment