हाकिमकी छोरीलाई येसरी दिईदैछ मासिक भेटी !!
काठमाडौ। उच्च पदस्थ सरकारी कर्मचारीको काम कार्यालयमा भएको करोडौं बजेट प्रक्रिया पुर्याएर बढीभन्दा बढी आफ्नो पोल्टामा हाल्ने मात्र हो? पर्यटन बोर्डमा एकाधिकार मच्चाएर रजाईं गर्ने सुभाष निरौलामाथि छानविनको काम शुरु हुनासाथ एक महिनादेखि कार्यालयमै आएका छैनन्। यसैगरी महिला आयोगमा सचिव भएर केही हजारदेखि लाखौं र करोडौं रकममा स्वार्थपूर्ण चलखेल गरिरहेका शरद विष्टको मिलाएर खाने तरिका निरौलालाई सम्झाउने खालको छ। उनले छोरीकी साथी सवितालाई सूचिकृत नगरिकन नै आयोगको वेबसाइट बनाउने नाममा हजारौं रुपैयाँ दिइरहेका छन्। आयोगको वेबसाइट निर्माण गर्ने नाममा एक वर्षदेखि दिइँदै आएको खर्चको रकम लाखौं पुगेपनि वेबसाइट भने न नवीकृत हुन्छ न यसमा आयोगका महिनामा दुईपटकभन्दा बढी हुने कार्यक्रमका खबर र फोटा नै राखिन्छन्। नियमित रुपमा अपडेट नै हुदैन।
वेबसाइट नवीकरण र हेर्न योग्य नभएपनि विष्टले सिमल सफ्टवेयर प्रालिका नाममा सबितालाई मासिक २५ हजार रुपैयाँ भेटी चढाइरहेका छन्। महिना मर्नासाथ सबिता कर्मचारीले तलब थापे झैं बिल लिएर हाजिर भइहाल्छिन्। कहलिएका निर्माणकर्ताले बढीमा ५० हजारमा वेबसाइट निर्माण गरिदिने भएपनि विष्टले छोरीकी साथीलाई ९० हजार दिए।
यसका साथै महिला दिवसका अवसरमा नोभेम्बर २५ देखि १६ दिनसम्म महिला हिंसा विरुद्धको अभियानमा आयोगले जम्मा २ वटा व्यानर बनायो। केही कार्यक्रम नगरे पनि बढीमा ३ हजार पर्ने दुईवटा व्यानर बनाएर टाँसी ८० हजार रुपैयाँ विष्टको अगुवाइमा हजम बनाइयो। डिसेम्बर २५ मा महिला आयोगका अध्यक्षदेखि सदस्य र सचिव तथा अरु अधिकृत समेत पाकिस्तानतिरै बरालिइरहेका थिए। उताबाट आएपछि विष्टले ८० हजारको बिल स्वीकृत गरेका हुन्। महिला हिंसा दिनरात बढिरहेका बेला हिंसा विरुद्धको अभियानमा केही नगरी ८० हजार भएपनि फोकटमा मिलाएर खल्तीमा हाल्नु विष्टको सादगी चरित्रको नमूना हो।
पञ्चायतकालमा बिना प्रतियोगिता र परीक्षा निगाहाबाट राजदरबारमा जागिर खान गएका विष्टले महिला आयोगमा सचिव भएपछि पनि दरबार सेवामै रहेका आधा दर्जनभन्दा बढी तोकआदेशवालालाई भित्र्याए। उनीहरूलाई मात्र कमाउ ठाउँमा, विदेश जाने अवसर दिइरहेका विष्टको पक्षपातपूर्ण व्यवहारका विरुद्धमा लोकसेवा भिडेर आएका कर्मचारीहरूले हस्ताक्षर अभियान नै सञ्चालन गरिरहेका छन्। यसपछि आँत्तिएका विष्टले लोकसेवा आयोग पास गरी आएका कर्मचारीलाई पनि काम दिन थालेका छन्। तर, यसका शुरुवात नै उनले त्यहाँ रहेका उपसचिव यमेन्द्रको अपमान गरेका छन्। यसअघि तोकआदेशबाट आएका नासु दिलिप खड्कालाई जिम्मा दिएको, तर मासिक १० हजार अतिरिक्त रकम आउने शान्ति कोषको काम यमेन्द्रलाई दिएका हुन्।
लोकसेवाबाट जागिरे बनेका भएपनि तोकआदेशका विष्टका कार्यकर्ता भएर बसेका यमेन्द्र पनि मासिक १० हजार बढी पाउने भएपछि नासुको कुर्सी र कामलाई हैसियत बिर्सिएर सम्हालिरहेका छन्। केही भूमिका नभएपनि महिलाका नाममा देशभर हुने गोष्ठी र कार्यक्रममा परिवारसहित आयोगको रकममा घुमिरहने विष्ट आज (सोमबार) फेरि केही दरबारसेवाका कर्मचारीलाई च्यापेर विदेशतिर बरालिन निस्किदै छन्।