इन्काउटरबाट बचे बाहुन डन


बाहुन डनलाई फर्जी  इन्काउन्टरमा मार्न खोजेपनि प्रहरी नेतृत्व पछि हटेको खुलासा भएको छ । प्रहरीका बहालाबाला  अधिकारीमात्र होइन राजनीतिक दलका शीषस्र्थ नेताहरु समेत निरन्तरको बाहुनको सम्पर्कमा भएको खुलासा भएपछि प्रहरी नेतृत्व डराएको हो ।
भारतको लखनउमा पाँच दिन अघि पक्राउ परेका मोस्टवान्टेडडन रमेश बाहुन भनिने सुजन पौडेललाई केही प्रहरी अधिकारीले नै संरक्षण दिँदै आएको तथ्थ फेला परेको छ ।
लखनउमा लुकेको अवस्थामा उनले गरेको कुराकानीको अडियो रेकर्ड भारतीय प्रहरीले नेपाल प्रहरीलाई दिएको समाचार नयाँ पत्रिका दैनिकमा छ । जसमा नाम चलेका नेतादेखि प्रहरी अधिकारीसँग समेत उनको नियमित कुराकानी भएको प्रष्ट छ ।
हत्या, अपहरण, फिरौती र लागूऔषध मुद्दामा मोस्टवान्टेड रहेका बाहुन डनले वर्षौदेखि प्रहरीलाई छल्दै आएको थियो । गत ४ माघमा ललितपुरका डन मीनकृष्ण महर्जनलाई गोली हान्न लगाएको आरोपमा प्रहरीले रमेश बाहुनको तीव्र खोजी गरिहेको थियो ।

, ,

news and entertainment