यस्तो रहेछ नेयमारको चोट (एक्स-रे तस्वीरसहित)
ब्राजिलका स्टार स्ट्राइकर नेयमारको मेरुदण्डको भाँच्चिएको हड्डीको तस्वीर सार्वजनिक भएको छ । ब्राजिलका टेलिभिजनहरूमा २२ वर्षीय नेयमारको मेरुदण्डको एक्स-रे सार्वजनिक भएको हो, जसमा एउटा हड्डी भाँचिएको प्रष्ट देखिएको छ ।

कोलम्बिया विरुद्धको खेलका क्रममा निर्धारित समय सकिन करिव ३ मिनेट मात्र बाँकी रहेको समयमा कोलम्बियाका हुआन जुनिगाले नेयमारलार्इ घुँडाले ढाडमा हानेका थिए ।
चोटका कारण नेयमारले विश्वकपका बाँकी खेल गुमाएका छन् । उनको चोट गम्भीर नभएको भन्दै अपरेशन गर्नु नपर्ने अपेक्षा गरिएको ब्राजिलको फुटबल एशोसिएसनले जनाएको छ ।
नेयमार एम्बेलेन्समा चढेर ब्राजिलियन टोलीको ट्रेनिङ भइरहेको स्थानमा पुगेका छन् । जहाँ उनलाई ब्राजिलका कप्तान थिएगो शिल्भा र डेभिड जुईजसहितका खेलाडीहरुले भेटेका छन् । यो क्षणमा सबै निकै भावुक देखिएका छन् ।
ब्राजिलका खेलाडीहरुले आफ्नो स्टार नेयमारलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । नेयमार जर्मनीविरुद्धको सेमिफाइनलको तयारीमा रहेका टोलीका सदस्यहरुसँगै बस्ने वा अस्पताल फर्कने अहिले प्रष्ट हुन सकेको छैन ।


