दुई फरक स्पर्धाका लागि बिमल घर्ती मगर नेपाल फर्किए

२ भदौं, काठमाडौं ।
बेल्जियमको एन्डरलेकमा आवद्ध भएका युवा स्टार फुटवलर बिमल घर्ती मगर दुई वटा महत्वपूर्ण प्रतियोगिताका लागि नेपाल फर्किएका छन् । सानै उमेर फुटवलमा सनसनी मच्चाएका बिमलले अब लगातार नेपालको राष्ट्रिय जर्सीबाट फुटवल खेल्नेछन् । अर्को महिना दक्षिण कोरियामा हुने एसियाडमा यु–२३ तथा थाइल्याण्डमा हुने एएफसी यु–१७ च्याम्पियनसिपमा बिमलले खेल्नुपर्नेछ ।
bimal Gharti magar

एन्डरलेकबाट नेदरल्याण्ड पुगेर खेलेको डेल कोपा अगाथा फुटवलमा दुई गोल गरेपछि उनी चर्चाको शिखरमा पुगेका थिए । उनी नेपाल फर्किएलगत्तै प्रशिक्षणमा व्यस्त हुने भएका छन् । उनले आफू नेपाल फर्किएको जानकारी फेसबुकबाट गराएका छन् ।

,

news and entertainment