विश्व हल्लाएका जुलियन असान्जले आत्म समर्पण गर्ने संकेत

अमेरिकी विदेशमन्त्रालयका गोप्य सामग्री सार्वजनिक गरेर विश्वमा सनसनी मच्चाएका चर्चित वेवसाइट विकिलिक्सका संस्थापक जुलियन असान्जले आफु छिट्टै बेलायतस्थित इक्वेडरको दुतावास छाड्न चाहेको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दे असान्जले इक्वेडरको दुतावास छाड्न चाहेको कारण भने उल्लेख गर्न चाहेनन् । यसअघि असान्जले कमजोर स्वास्थ्यका कारण प्रहरीसमक्षJulian Assange आत्मसमर्पण गर्ने आसयको समाचार सम्प्रेषण गरेका थिए । बेलायतस्थित इक्वेडरको दुतावासमा सन् २०१२ को जुनदेखि शरण लिएर बसेका असान्जलाई मुटु, फोक्सो र रक्तचापसम्बन्धी समस्या देखिएपछि आत्मसमर्पण गर्ने मनस्थितिमा पुगेको बताईएको छ ।   घामको किरण देख्न नपाएका कारण उनको मुटुमा स्वास्थ्य समस्या देखिएको हो । असान्ज दुतावासबाट निस्कने बित्तिकै पक्राउ गर्न भन्दै बेलायती प्रहरीले प्रत्येक दिन ११ हजार पाउण्ड खर्च गरिरहेको बेलायती अखवार डेलीमेलले जनाएको छ । ४२ बर्षिय अष्ट्रेलियाली नागरिक असान्ज स्विडेनमा दुई महिलालाई यौन र्दुव्यवहार गरेको आरोपमा त्यहाँको प्रहरीको खोजी सुचीमा छन् । यसैबीच, इक्वेडरका विदेशमन्त्री रिकार्डो पाटिनोले असान्जलाई नियमित रुपमा सुरक्षा प्रदान गर्ने जानकारी गराएका छन् ।   असाञ्जको साइट विकिलिक्सले अमेरिकी विदेशमन्त्रालयका गोप्य केवल सार्वजनिक गरेपछि त्यसले विश्वभरी सनसनी मच्चाएको थियो भने अमेरिका लाजमर्दो अवस्थामा पुगेको थियो ।    अमेरिकाले आफूलाई पक्राउ गरी मार्ने षडयन्त्र गरिरहेको भन्दै २ वर्ष अघि इक्वेडरको दुताबासमा पुगेका थिए । स्वीडेनमा मुद्धा चलाएर अमेरिका पुर्याउने र मार्ने षडयन्त्र रहेको असान्जको भनाइ छ ।  अमेरिकाले असान्जले देशको गोप्यता भंग गरेको र जासुसी गरेको भन्दै असाञ्जलाई सुपुर्दगी गर्न माग गर्दै आएको छ ।  - See more at: http://nepaliheadlines.com/2014-08-18-09-21-39.html#sthash.Tm9ZbRjM.dpuf

, , ,

news and entertainment