इबोलाले नेपालमा पनि खतराको घण्टी बजाउदै ! दिल्ली सम्म आइपुग्यो !

UGANDA-HEALTH-EBOLAपश्चिम अफ्रिकी मुलुकहरुमा महामारीको रुपमा फैलिएको र विश्वलाई नै त्रस्त बनाइरहेको इबोला नेपाल भित्रिन नदिन भन्दै सरकारले घोषणा गरे पनि प्रभावकारी कदम नचालिरहेका बेला नेपालमा यो भाइरस फैलिने खतरा उत्पन्न भएको छ ।
पश्चिम अफ्रिकाका गिनी, लाइबेरिया, सियरालियोन र नाइजेरियामा व्याप्त रहेको भनिएको इबोला भाइरसबाट १ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको आधारमा विश्व स्वास्थ्य संगठनले स्वास्थ्य–संकटकाल अवस्थाको घोषणा गरिसकेको छ ।
नेपालको दक्षिण छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा इबोलाका बिरामी भेटिएपछि उच्च शतर्कता अपनाउनुपर्ने आवश्यकता अरु टडकारो भएको छ ।
समाचार अनुसार नाइजेरियाबाट भारत भ्रमणमा शनिबार आएका तीन यात्रुमध्ये एक ७६ वर्षीय पुरुषमा इबोला भाइरसको संक्रमण देखा परेको हो ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रारम्भिक स्वास्थ्य निगरानी र लगत्तै राम मनोहर लोहिया अस्पतालमा थप परीक्षणका लागि नाइजेरियाली यात्रुलाई पठाइएको थियो । नेशनल सेन्टर फर डिजीज कन्ट्रोलमा भएको परीक्षणमा एक बृद्ध यात्रुको रगतमा भने संक्रमणको ‘पोजेटिभ’ संकेत पाइएको छ ।
सोमबार प्रकाशित स्थानीय मिडियाका अनुसार यी यात्रुको थप रक्त परीक्षण पुणेस्थित नेशनल बायरोलोजी इन्स्टिच्युटमा पठाइएको छ ।
इंग्ल्याण्ड जर्नल अफ मेडिसिन जर्नलका अनुसार इबोला भाइरस संक्रमणको सुरुवात गिनी देशबाट सन् २०१३ को डिसेम्बरमा सुरु भएको थियो । उक्त संक्रमणमा परेर एक दुई बर्षिया बालकको निधन भएको थियो ।
इबोला लागेपछि मानिसको बाँच्ने सम्भावना १० प्रतिशत मात्र हुने भएकाले यो अहिले विश्वका लागि नयाँ महामारी बनेको छ । नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विदेशी यात्रुको स्वास्थ्य निगरानी र परीक्षण सुरु गर्न डेस्क स्थापना गर्ने योजना बनाएको भए पनि अब तत्काल सुरु गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
त्यस्तै भारतीय सीमा नाकामा पनि कडाइ गर्नुपर्ने आवश्यकता छ । यो रोग मानिसबाट मानिसमा पर्ने भएकाले अफ्रिकी मुलुकहरुबाट नेपाल आउने सबैकोा स्वास्थ्य परीक्षण गर्नु आवश्यक छ । सरकारले यो रोग लागेका बिरामी भेटिएमा उपचार कहाँ गर्ने, कसरी गर्ने भन्ने विषयमा कुनै योजना बनाएको छैन ।
त्यसो त सरकारले अफ्रिकी मुलुकबाट आउने पर्यटकरयात्रुका हकमा तत्कालका लागि नेपाल भ्रमणको भिसा नदिने निर्णय गरिसकेको छ भने नेपाली नागरिकलाई अफ्रिकी मुलुकमा भ्रमणका लागि रोक लगाउने भएको छ ।

, , ,

news and entertainment