यू-१६ च्याम्पियन क्रिकेट खेलाडीलाई जनही ५० हजार ?

काठमाडौं । सरकारले मलेसियामा सम्पन्न एसीसी यू-१६ प्रिमियर क्रिकेटको उपाधि विजेता नेपाली टोलीका सदस्यहरुलाई जनही ५० हजार दिने घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार विजेता टोलीको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै खेलकुदमन्त्री पुरुषोतम पौडेलले नेपाली टोलीका सदस्यहरुलाई उक्त नगद पुरस्कारको घोषणा गरेका हुन्।

यसअघि क्यानले उपाधि जितेपछि टोलीका प्रत्येक खेलाडीलाई २० हजार दिने घोषणा गरेको थियो।

www.newsabhiyan.com

,

news and entertainment