घरमा ग्रिल हाल्ने क्रममा करेन्ट लागेर दुईजनाको मृत्यु

घरमा ग्रिल हाल्ने क्रममा करेन्ट लागेर सोमबार बिहान बनेपामा दुईजनाको मृत्यु भएको छ । बनेपा-१ स्थित गौतम मानन्धरको घरमा ग्रिल हाल्ने क्रममा करेन्ट लगेर उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी जनक भट्टराईका अनुसार मृत्यु हुनेमा धुलीखेल ९ बस्ने २९ वर्षीय गौतम मानन्धर र बनेपा-६ बस्ने ३० वर्षीय रोशन मानन्धरको रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते उनीहरुको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

news and entertainment