यसरि हनिमुनबाटै छुटायो भगवानले श्री र स्वेताको जीवन कथा !!

काठमाडौं। असार २३ मा विवाह गर्न लागेको जानकारी दिंदा श्री र स्वेता दुबै कम्ति खुसी थिएनन।kohinoor-sri-krishna-shrestha

उनीहरुले आफ्नो विवाहको भोज खुवाउने र रमाइलोसँग विवाद गर्ने बताएका थिए। अभिनेता श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काले विगत पाँच वर्षदेखिको प्रेमलाई २३ असार विहेमा परिणत गर्ने बताएका थिए। परम्परा निभाएर सामान्य तरिकाले बिहे गर्ने र भोज पनि त्यसै दिन खुवाउने श्रीले बताएका पनि थिए। विहे पनि उनले भनेजस्तै भयो। उनको विहेमा नाचगान भयो। दुलहीसँगै आफै पनि नाचे। विहेमा आएका अतिथिहरु पनि उनीहरुसँगै नाचे। नाच्नेमा काँग्रेस नेतृ सुजाता कोइराला पनि थिइन।

साढे ६ वर्षअघि कहाँ भेटिएला फिल्मका लागि हिरोइन खोज्दै जाने क्रममा श्वेतालाई भेटेका श्रीले त्यसयता फिल्ममासँगै काम गर्ने क्रममा नजिकिएका थिए। फिल्म र व्यवसायका क्रममा सधै सँगै हुन थालेपछि उनीहरुबीच प्रेम पलाएको थियो। हलमा उनीहरुले तयार गरेको चलचित्र कोहिनुर चल्न तयार हुँदै थियो। हलमा चलचित्र जानुअघी उनीहरु हनिमुनमा जान चाहन्थे। उनीहरुको रोजाइमा पर्‍यो भारतको सिमला। सिमला धेरै हनिमुन जोडीहरुको रोजाइमा पर्ने गर्छ। उनीहरुले पनि छाने सोहि सिमला।

तर सिमला फापेन श्री र स्वेतालाई। केहि दिन नवित्दै श्री विरामी परे। पहिले पनि नीकै विरामी परेर वाँचेका श्री यो पटक पनि गम्भिर विरामी भए। हतार हतार सिमलाबाट दिल्ली लगियो। उपचारका लागि गंगाराम अस्पताल भर्ना गरियो। नेपालमा श्री विरामी भएको कुरा परिवारका सदस्यलाई मात्र थाहा थियो। कोहिनुरको प्रदर्शन अघीको पत्रकार सम्मेलनमा उनको खोजी भयो। उनी विरामी भएको जानकारी गराइयो र केहि दिनमा नेपाल फर्कने बताइयो। तर निर्देशक आकाश अधिकारीको गहभरि भरिएको आसुले श्री अलि गम्भिर विरामी भएको संकेत गरेको थियो।

कोहिनुर चल्यो। राम्रो प्रतिक्रिया आइरहेको थियो। उनको उपचार पनि भइरहेको थियो। तर उपचारमा डाक्टरको जोर चल्न छोड्यो। उनलाई डाक्टरको उपचारले काम गर्न छोड्यो। उनीमाथि दैब हावी भयो। उनको भर्खरै विहे गरेको श्रीमती तथा नायिका स्वेताको सिउँदो भरिएको पनि दैवलाई सहिसक्नु भएन। हनिमुन मनाउन गएको जोडीलाई आफ्नो घर सग्लो जोडीको रुपमा फर्केको देख्न पनि दैवलाई मञ्जुर थिएन। बिहे गरेको एक महिना के वितेको थियो स्वेतालाई सँधैका लागि श्रीले छोडेर गए।

२०४५ सालमा भूमरी फिल्ममा कलेज ब्वाइको सानो रोल खेल्दै, कसम फिल्ममा हिरोको साथी र पुकारमा भिलेन खेले पश्चात २०४७ सालमा छविराज ओझाको फिल्म नाताबाट अभिनेतामा डेब्यू गरेका थिए। उनको उमेर ४७ बर्ष रहेको थियो। दर्जनौ हिट फिल्म दिएका श्रीले आफ्नै लगानीमा बनाएको कोहिनूर फिल्म गत शुक्रबार देखि प्रदर्शनरत छ। फिल्मको प्रदर्शन अघी अडियो सन्देश पठाएर फिल्म हेर्न आग्रह गरेका थिए। उनको अडियो सन्देश आयो। जीवनको आरोह अवरोहको कुरा सन्देशमा थियो। डीप निमोनियाले सताएको अवस्थामा उनले बफ्नो अडियो सन्देश मात्र प्रेसित गर्न भ्याय। तर श्रीकृष्णले सग्लव देह ल्याएर अरु थपक कुरा गर्न सकेनन। उतैको अस्पतालमा देह त्याग गरे।

श्रीको निधनसँगै स्वेताले पतिसँगै एक साथी गुमाएकी छन्। नेपाली कला क्षेत्रले एक होनहार कलाकार गुमाएको छ। एक निर्माता गुमाएको छ। उनका प्रशंसकले एक उत्कृष्ट डान्सर र आफ्ना प्रिय श्रीलाई गुमाएका छन्। केहि बर्ष अघी मात्रै उनकै अगुवाइमा गौशालाको पशुपति भिजनमा खोलेको हेल्थ क्लव पनि श्रीको अनुपस्थितिमा शून्य हुने भएको छ। उनले वास्तवमा धेरैलाई शून्य वनाएर आफू शून्यमा विलाएका छन। कलाकार श्रीप्रति हाम्राकुरा डटकमको तर्फबाट हार्दिक शव्द श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना।

www.hamrakura.com

, , ,

news and entertainment