भाग्यमानी करिना
सैफ अलि खानसँग विवाह गरेपछि करिअर कत्तिको प्रभावित भएको छ ? भन्ने पत्रकारहरूको प्रश्नमा नायिका करिना कपुरले आफूलाई भाग्यमानी मानेको जवाफ दिएकी छिन्। हालै अजय देवगणका साथमा प्रदर्शनमा आएको सिंघम रिर्टन्सको प्रबर्द्धन समारोहमा करिनाले 'अन्य अभिनेत्रीहरूभन्दा ठीकविपरीत विवाह गरेर आफू अझ खुसी भएको बताइन्। मलाई केहि समस्या छैन्, विवाहपछि नै मैले सलमान खान, अजय देवगणजस्ता शीर्ष अभिनेताहरूका साथमा फिल्म गर्न पाइरहेकी छु।' करिनाका अनुसार धेरै विवाहित नायिकाहरू विवाहपछि पलायन भएका छन्। विवाह पछि चलचित्रमा अभिनय गर्ने अवसर कमैले मात्र प्राप्त गर्छन्। परिवारको साथ पाए पनि चलचित्रमा मुख्य भूमिका तथा राम्रो पटकथामा काम गर्ने अवसर अझ न्यून हुन्छ। विवाहित भए पनि करिनाले सिंघम रिर्टन्समा अजयका साथमा जमेर रोमान्स सिन दिएकी छिन् भने बताइन्। उनी चाँडै कबिर खानको बजरंगी भाइजानमा सलमान खानका साथ देखिने छिन्।
नग्न शर्लिन
भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर प्लेब्वाय म्यागजिनले मोडल एवं अभिनेत्री शर्लिन चोपडाको न्युड फोटोसुटका तस्बिर सार्वजनिक गरेको छ। शर्लिन पहिलो भारतीय मोडल हुन्, जसले प्लेब्वायका लागि न्युड फोटोसुट गराएकी थिइन्। आफ्ना न्युड तस्बिरहरू सार्वजनिक हुने भएपछि शर्लिनले आफू एकदमै उत्साहित भएको बताइन्। शर्लिनले भनेकी छिन्- 'म प्लेब्वाय म्यागजिनप्रति एकदमै आभारी छु, किनभने उनीहरूले भारतीय स्वतन्त्रता दिवसको अवसरमा तस्बिर रिलिज गर्ने निर्णय लिए, योभन्दा राम्रो टाइमिङ अर्को हुनै सक्दैनन्।' स्मरण रहोस्, शर्लिनको उक्त फोटोसुट-२०१२ मै गरिएको थियो। त्यतिबेला नै शर्लिनको उक्त न्युड फोटोसेसनले बलिउड र दक्षिण एसिया क्षेत्रलाई तरंगित तुल्याएको थियो।
मनसुन मन पर्छ-मन पर्दैन
बलिउडकी दबंग गर्ल अभिनेत्री सोनाक्षी सिन्हालाई मनसुन मन पर्दैन। उनलाई कालो बादल त पटक्कै मन पर्दैर्न र उनी हिलोबाट पनि टाढै रहन रुचाउँछिन्। सोनाक्षी मनसुनको पानीमा भिज्न पनि मन पराउँदिनन्। बादल गर्जिएको र बिजुली चम्किएको पनि उनलाई मन नपर्ने कुरा हुन्। आशिकी टूबाट डेब्यु गरेकी अभिनेत्री श्रद्धा कपुरलाई भने वर्षात्को मौसम रोमान्टिक लाग्छ। श्रद्धा रोमान्टिक गीतहरू सुन्दै, चिया-पकौडा खाँदै, आफ्नो घरपालुवा कुकुरसित खेलेर वर्षाको इन्ज्वाय गर्छिन्। आफूलाई सानैदेखि वर्षाको पानीमा भिज्न तथा हिलोसित खेल्दा रमाइलो लाग्ने श्रद्धाले बताएकी छिन्।
