अख्तियारविरुद्ध १३ उपकुलपतिको एउटै आवाज



बिभिन्न १३ विश्वविद्यालयका उपकुलपतिहरुले अख्यिारले अनुसन्धानको नाममा दुःख दिएको भन्दै आपत्ति जनाएका छन् ।

विश्वविद्यालयका उपकुलपतिले बुधबार प्रधानमन्त्री सुशील कोइरालासँग भेटगर्दे अख्तियारले गुण्डागर्दी शैलीमा छापा मार्ने कार्य गरेको भन्दै आपत्ती जनाएको हो । उनीहरुले विश्वविद्यालयमा भएको भनिएको अनियमितताको अनुसन्धान गर्नु सकारात्मक कार्य भएपनि अख्तियारको अनुसन्धान गर्ने शैलीले आफुहरुलाई दुःख दिएकोे गुनासो गरेका छन् । उपकुलपतिहरुले अख्यिारका कर्मचारीले सहि तरिकाले अनुसन्धान गर्नुको साटो धम्कीपुर्ण भाषको प्रयोग गर्दै दुः दिने गरेकमे गुनासो गरेका छन् ।

भेटवार्तामा प्रधानमन्त्री कोइरालाले गल्ती गर्नेलाई कारवाही गर्ने आश्वासन दिएका का छन् । प्रधानमन्त्री कोइरालाले उपकुलपतिहरुलाई नियमअनुसार चलेर जनतालाई सकारात्मक परिणाम दिने कार्य गर्न दिर्नेशन दिए ।
NH

,

news and entertainment